logo

राजस्व कार्यालय वीरगंजमा २०५८ सालदेखिको १ अर्ब कर बक्यौता

    2003   पटक पढिएको

८ असोज/अर्थ र व्यापार– करदाताले समयमै कर नतिर्दा आन्तरिक राजस्व कार्यालय वीरगंज पर्साले करिब १ अर्ब रुपैयाँ कर उठाउन बाँकी रहेको छ ।  

बि सं २०५८ सालअघिदेखि गत असारसम्मको तथ्यांक अनुसार कुल ९८ करोड बक्यौता पुगेको कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत हृदयनारायण महतोले बताए ।

भ्याटतर्फ करिब ३ हजार करदाताबाट ५१ करोड १६ लाख र आयकरतर्फ ४ हजार ४ सय करदाताबाट ४७ करोड गरी कुल ९८ करोड बक्यौता असुल उपर गर्न बाँकी रहेको उनले जानकारी दिए ।

कर तिर्नबांकी करिब साढे ७ हजार करदातामध्ये करिब एक तिहाई करदाता भारतीय रहेको कार्यालयको विश्लेषण छ । यस हिसाबले २० करोड भन्दा बढी कर छली भारतीय नागरिकबाट भएको छ ।  

भारतीय नागरिकले आफन्त तथा व्यावसायिक फर्मका कर्मचारीको कागजात दुरुपयोग गरी फर्म खडा गर्ने, कर अनुसन्धानमा परेपछि कर नबुझाएर फरार हुने गरेकोे सूचना अधिकारी महतोले बताए । 

त्यसैगरी पुराना सरकारी संस्थान एवं अर्ध सरकारी कार्यालयहरुबाट पनि कर बुझाउन बाँकी रहेको महतोले बताए। वीरगंज चिनी कारखाना, नेपाल संस्थान लिमिटेड लगाएतले पनि कर तिरेका छैनन् । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।