logo

बेलायतमा हुने नेपाल विकास सम्मेलनमा सहभागि हुन अर्थमन्त्री डा.खतिवडा बेलायत प्रस्थान

    1097   पटक पढिएको

८ फागुन /अर्थ र व्यापार - गैह्र आवासीय नेपालीका प्रतिनिधि तथा नेपाल बेलायत चेम्बर अफ कमर्सले आयोजना गर्ने नेपाल विकास सम्मेलनमा सहभागि हुन अर्थमन्त्री डा.युवराज खतिवडा बेलायत प्रस्थान गरेका छन् । आगामी चैत्र १५ र १६ गते आयोजना गर्न लागिएको लगानी सम्मेलनका लागि लगानी प्रतिबद्धता जुटाउने प्रयास मुख्य रहने छ । 

अर्थमन्त्री बेलायतस्थित नेपाली दुतावासले आयोजना गरेको नेपाल विकास सम्मेलनमा प्रमुख वक्ताको रुपमा सहभागि हुनेछन् । बेलायतको सम्भावित लगानीकर्ताहरुलाई लगानी सम्मेलनमा सहभागि गराउने अपेक्षा भ्रमणको छ । साथै नेपाल र बेलायत बीचको पारस्परिक हित अभिवृद्धि हुनेमा पनि विश्वास गरिएको छ ।

सरकारले आयोजना गर्ने लगानी सम्मेलनका लागि अधिकतम वैदेशिक लगानी प्रतिबद्धता भित्र्याएर सो प्रतिबद्धता वास्तविक लगानीमा परिणत गर्ने उदेश्य मुख्य रहेको छ । बेलायतमा हुने नेपाल विकास सम्मेलनमा संयुक्त अधिराज्य सरकारको अन्तराष्ट्रिय सहयोग विभाग र काठमाडौं स्थितको वन टु वाच संस्थाको समेत सहकार्य हुने बताइएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।