logo

कोलकाता बन्दरगाहद्वारा आजदेखि इलेक्ट्रोनिक्स कार्गो ट्रयाकिङ सिस्टम कार्यान्वयनमा ल्याइने

    1350   पटक पढिएको

३ फागुन /अर्थ र व्यापार  - कोलकाता बन्दरगाहद्वारा आजदेखि इलेक्ट्रोनिक्स कार्गो ट्रयाकिङ सिस्टम (इसिटिएस) कार्यान्वयनमा ल्याइने भएको छ । अब तेस्रो मुलुकबाट आउने सामान इसिटिएस प्रणालीमार्फत आएपछि कागजपत्रको झझण्ट कम हुने जनाइएको छ । तेस्रो मुलुकबाट आएको सामान कोलकातामा कागजात जाँचपासको प्रकृयाका लागि लामो समय लाग्दैन् । वीरगंज उद्योग वाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै इसिटिएस प्रणाली कार्यान्वयनमा आएपछि ढुवानी लागत सस्तिने दाबी गरेको छ । 

विगत ८ महीनादेखि विशाखापट्टनम्बाट इसिटिएसको सुविधा उपलब्ध छ । हाल रेल्वेको कन्टेनरमा यो सुविधा शुरु गर्ने र डेढ महिनापछि कोलकाताबाट ट्रकमा आउने कन्टेनरमा समेत इसिटिएसको सुविधा जडान गर्ने बताइएको छ । इसिटिएस लागू भएपछि नेपाली आयातकर्ताले क्लियरिङ एजेन्टमार्पmत् ८ वटा कागजपत्र २४ ठाउँमा हस्ताक्षर गराउने झन्झट हट्नेछ भने शिपिङ लाइनले वीरगंजसम्म कन्टेनर पुयाएपछि कन्टेनर बुझाएको समय शुरु हुनेछ । जुन पहिले जहाजबाट कोलकाता बन्दरगाहमा कन्टेनर झार्ने बित्तिकै समय शुरु हुन्थ्यो ।

एजेन्टहरुले हस्ताक्षर गराउनुपर्ने निहुँमा चलखेल गरी सामान्य जाँचपासमा झन्झट र भन्सार प्रक्रियाको नाममा व्यवसायीहरुबाट पैसा असुल्ने कामको पनि अन्त्य भएको बताइएको छ । अनलाइन प्रणालीबाट विदेशबाट शिपिङ लाइनले नै ती सामानहरु वीरगंजसम्म ल्याइदिन्छन् ।
कोलकाता बन्दरगाहबाट परम्परागत रूपमा कन्टेनर ल्याउँदा सिपिङ एजेन्सीको कोलकातास्थित परिसरमा २१ दिनभित्र कन्टेनर फिर्ता पठाइसक्नुपर्छ । तर ट्रान्ससिपमेन्ट मोडलमा ल्याउँदा त्यो झन्झट पर्दैन ।

२१ दिनभित्र कन्टेनर नपुगे दिनको ४५ देखि १०५ डलर प्रति कन्टेनर डिटेन्सन खर्च लाग्छ । अब यो खर्च जोगिएको छ । कोलकाता बन्दरगाहबाट परम्परागत रूपमा मालसामान छुटाएर ट्रेलरमा कन्टेनर हालेर ल्याउँदा कोलकाता बन्दरगाहमा ८ प्रकारका कागजात जुटाउनुपर्छ । ती कागजातमा कस्टम ट्रान्जिट डिक्लियरेसन फर्म (सिटिडी फर्म), इन्भ्वाइस, बिल अफ लेडिङ, प्याकिङ लिस्ट, लेटर अफ अन्डरटेकिङ, इम्पोर्ट लाइसेन्स अफ नेपाल, इन्सुरेन्सको कागज, एलसी वा ड्राफ्ट हुन् ।

पहिला कोलकाता बन्दरगाह र भन्सारका अधिकारी गरी ३० चरण पार गर्नुपर्छ र २२ वटा दस्तखत गराउनुपर्छ । नेपाल पठाएको कन्टेनरलाई बन्दरगाहस्थित भन्सार कार्यालयले एक इलेक्ट्रोनिक डिभाइस लगाएर सिधै नेपाल पठाइदिन्छ । यसका लागि भारतीय रेलको एक शाखा कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेड (कनकोर)ले बन्दरगाहमा लेखेर दिनुपर्ने हुन्छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।