logo

दक्षिण एसियामा नेपाल तेस्रो उच्च आर्थिक वृद्धि हुने मुलुक बन्ने विश्व बैंकको प्रक्षेपण

    1357   पटक पढिएको

२६ चैत्र /अर्थ र व्यापार - दक्षिण एसियामा यस वर्ष नेपाल तेस्रो उच्च आर्थिक वृद्धि हुने मुलुक बन्ने विश्व बैंकले जनाएको छ । सोमबार दक्षिण एसिया आर्थिक फोकस सार्वजनिक गर्दै विश्व बैंकले नेपालमा यो वर्ष सन् २०१९मा० ६ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो । यो भारत र बंगलादेशपछिको उच्च आर्थिक वृद्धि हो ।

भारतमा यस वर्ष ७ दशमलव ५ प्रतिशत र बंगलादेशमा ७ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि हुने उसको प्रक्षेपण छ । यस क्षेत्रमा सबैभन्दा कमजोर आर्थिक वृद्धिदर अफगानिस्तानमा २ दशमलव ५ प्रतिशत हुँदै छ ।आगामी वर्षमा नेपालको आर्थिक वृद्धि बढ्दै जाने पनि विश्व बैंकले प्रक्षेपण गरेको छ । बैंकले आउने दुई वर्ष २०२० र २०२१ मा क्रमशः ६ दशमलव १ र ६ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो ।

‘पर्यटनका कारण सेवा क्षेत्रको वृद्धिदर उच्च हुनेछ । आगामी वर्षबाट मुलुककै सबैभन्दा ठूलो सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन आउने भएकाले त्यसले उत्पादनमूलक क्षेत्रमा पनि उत्साह ल्याउनेछ,’ प्रतिवेदनले भनेको छ । प्रतिवेदनले दक्षिण एसियामा संसारकै सबैभन्दा उच्च आर्थिक वृद्धि हुने जनाएको छ । सन् २०१९ मा यस क्षेत्रमा ७ प्रतिशतको आर्थिक वृद्धि हुने र त्यसपछिका दुवै वर्ष ७ दशमलव १ प्रतिशत आर्थिक वृद्धि हुने पनि विश्व बैंकको प्रक्षेपण छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।