logo

निर्वाचनपछि पक्ष–विपक्ष सकियो, 'अब एकजुट भएर निजी क्षेत्रको आवाज उठाउँछौं’: चन्द्र ढकाल

    2040   पटक पढिएको

१४ मंसिर/अर्थ र व्यापार– नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्।

महासंघको शनिबार भएको ५४औं वार्षिक साधारणसभाबाट ढकाल निर्वाचित भएका हुन् । ढकालका प्रतिस्पर्धी किशोरकुमार प्रधान थिए ।

महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि संञ्चारकर्मीहरुसंग कुरा गर्दै ढकालले निर्वाचनपछि पक्ष–विपक्ष सकिएको बताएका छन् ।

ढकालले आफुले पहिलानै १३ गते (शनिबार) निर्वाचनपछि पक्ष–विपक्षको अन्त्य हुने भनेको भन्दै अब सकैजना एकजुट भएर निजी क्षेत्रको आवाज उठाउने बताए । उनले आफ्नो अध्यक्ष शेखर गोल्छा नै भएको बताए ।

ढकालले व्यवसायिक गतिविधि बढाएर मुलुकको आर्थिक समृद्धितर्फ लाग्ने धारणा राखे । उनले आफूले उठाएको २५ बुँदे कार्यक्रम ‘भिजन २०२५’ लाई समेत अगाडि बढाउँदै ती मुद्दा समाधानका लागि सरकारका निकायसँग एडभोकेसी गर्ने पनि बताए ।

ढकालले सबै क्षेत्रको प्रतिनिधित्व गर्दै आफू निर्वाचनमा होमिएको बताउँदै सबैको मुद्दालाई साकार बनाउन लाग्ने समेत प्रतिबद्धता जनाए । उनले आफ्ना प्रतिस्पर्धी किशोरकुमार प्रधानलाई संकेत गर्दै आदरणीय किशोर दाइ र मैले दिउँसो सँगसँगै भोट मागेका थियौं। अब मत परिणाम मेरो पक्षमा आए पनि हामी एकै ठाउँमा रहेर काम गर्ने बताए ।

महासंघको ५४औं वार्षिक साधारणसभामा ढकाल र प्रधान समूह दुई प्यानल बनाएर निर्वाचनमा होमिएका थिए। वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाले प्रधान समूहलाई समर्थन गरेका थिए ।

गोल्छा आइतबारदेखि स्वतः अध्यक्ष भइसकेका छन् । शेखर गोल्छापछि महासंघको नेतृत्व अब ढकालले गर्ने निश्चित भएको छ ।

आइतबार बिहानका राति सार्वजनिक भएको मतपरिणाम अनुसार विजयी भएका ढकालले एसोसिएटमा ५२२, वस्तुगतमा ५९ तथा जिल्ला नगरमा ५२ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी प्रधानले भने एसोसिएटमा ३७५, वस्तुगतमा ३९ र जिल्ला– नगरमा ५३ मत पाए ।
महासंघ चुनावमा वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित कुल ६३ पदका लागि १२७ उम्मेदवार चुनावी मैदानमा थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।