logo

सरकारी निर्णय विपरित पुनः चार्टर फ्लाईटलाई अनुमति, यात्रु संग दोब्बर भाडा असुली

    2007   पटक पढिएको

२ श्रावण / अर्थ र व्यापार- विदेशमा रहेर समस्यामा परेका नेपाली र नेपालमा रहेका विदेशी नागरिकहरुलाई आफ्नो देश फर्काउन सरकारले केहि एयरलाईन्सहरुलाई अनुमति दिने निर्णय गरेपश्चात पुनः आफ्नै निर्णय विरुद्ध थप एयरलाईन्सहरुलाई चार्टर अनुमति प्रदान गरेको छ । 

यसअघि सिसिएमसिले १५ देखि २२ जुलाई सम्म नेपाल वायुसेवा निगम,हिमालयन एयरलाईन्स,एयर अरेविया,फ्लाई दुर्व,जजिरा–२ र मालिन्दो एयरलाईन्सलाई अनुमति दिएको भएपनि यसविचमा नेपाल नागरिक उड्ड्यन प्राधिकरणले आफ्नै निर्णय विपरित बिहिवार टर्किस एयरलाईन्स र कतार एयरवेजलाई पुनः अनुमति प्रदान गरेको हो । प्राधिकरणले बिहिवार आफ्नै निर्णय विपरित जुलाई १८ तारिखका लागी चार्टर अनुमति प्रदान गरेको हो ।

 

यसअघि चार्टर उडानका नाममा ट्राभल एजेन्सि सञ्चालक र एयरलाईन्सका नेपाल प्रतिनिधिहरुको मिलोमतोमा अत्यन्तै बढि शुल्क उठाएकोमा व्यापक विरोध भएपछि  पर्यटन, सस्कृति तथा नागरिक उड्ड्यमन्त्री योगेश भट्टराईले उद्दारका क्रममा कुनै पनि ट्राभल एजेन्सीले अस्वभाविक भाडा लिएको पाइएमा लाइसेन्स खारेज गर्ने बताएका थिए ।

पछिल्लो समय सरकारले विदेशमा अलपत्र परेका श्रमिकहरुको सन्दर्भमा बाहेक अन्य चार्टर फ्लाईटहरु गर्न नदिने निर्णय गरेको भए पनि केहि एयरलाईन्सहरुले चार्टर फ्लाईटको अनुमति पाउन सफल भएका छन । “विदेशी एयरलाईन्सका नेपाल प्रतिनिधि र केहि ट्राभल एजेन्सि सञ्चालकहरुले परराष्ट्र मन्त्रालय र दुतावासहरुको दुरुपयोग गर्दै चार्टर फ्लाईटको अनुमति दिन सफल भएका छन, यसमा उनीहरु दोब्बर भन्दा बढि भाडा असुल अझै पनि गरिरहेका छन”–एक ट्राभल एजेन्सिका सञ्चालकले अर्थ र व्यापारलाई वताए ।

नेपालका ट्राभल एजेन्सि सञ्चालकहरुले चार्टर फ्लाईटको नाममा विदेशी एयरलाईन्सका नेपाल प्रतिनिधि र केहि ट्राभल एजेन्सि सञ्चालकहरुको मिलोमतोमा यात्रुहरुलाई दोब्बर–तेब्बर भाडा असुली ठगि गरिएको भन्दै पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराएपनि यसमा सुनुवाई हुन सकेको छैन । सामान्यतया टु वे को भाडा ८ सय देखि १२ सय डलर रहेकोमा हाल ट्राभल एजेन्सिहरुले यसमा दोब्बर भाडा असुली रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।