logo

वुद्ध एयरले वैशाखदेखि काठमाडौं–कोलकाता उडान गर्ने, पर्यटकलक्षित प्याकेज बेच्ने रणनिति

    1120   पटक पढिएको

२ माघ / अर्थ र व्यापार- बुद्ध एयरले आगामी वैशाखदेखि काठमाडौं–कोलकाता उडान गर्ने भएको छ । काठमाडौं–कोलकाता उडान वारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले काठमाडौं–कोलकाता उडानका लागी नेपालबाट उडान अनुमति पाइसकेको र भारततर्फ कहि दिनमा अनुमति पाउने वताए ।

कम्पनीको एटीआर–७२ विमान मार्फत साताको तीन उडान गर्नेछ । कोलकता उडानका लागि कम्पनीले विहानको स्लट मागेको बस्नेतले वताए  । यो रुटको उडान समय १ घण्टा ४० मिनेट हुन्छ । खर्च र घाटा न्यून गर्ने उद्देश्यले परीक्षण उडानका लागि एटिआर प्रयोगमा ल्याउन लागेको जानकारी दिँदै परीक्षण उडान सफल भएमा ठूलो विमान ल्याएर उडान थाल्ने बस्नेतले वताए ।

काठमाडौं–कोलकाता उडानका लागि बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले केही सातामै अनलाइनमार्फत उडान सहितको विभिन्न तीर्थस्थल र पर्यटकीय गन्तब्य प्याकेज सार्वजनिक गर्ने प्रमुख कार्यकारी अधिकृत आस्था वस्नेतले बताइन् । हङकङ, थाइल्याण्ड, इण्डोनेसिया लगायतका मुलुकमा घुम्न जाने भारतीय र बंगाली पर्यटकलाई नेपालमा ल्याउने गरि प्याकेज बनाउने कम्पनीले जनाएको छ ।

बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेतले यो उडान सफल भएमा नेपालको पर्यटन क्षेत्रको लागी कोशेढुंगा सावित हुने वताए । बस्नेतले यो उडानले भारतिय पर्यटकलाई नेपाल आकर्षित गर्ने मात्र नभई उपचार वा अन्य प्रयोजनका लागी भारत जाने नेपालीहरुलाई पनि लक्षित गरिने वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।