logo

डिजिटल प्रणालीमा नजाने केवल नेटवर्कलाई माल सामान जफथ गर्ने सरकारको चेतावनी

    1634   पटक पढिएको

६ फागुन /अर्थ र व्यापार - सरकारले अझै पनि एनालग प्रविधिमा टेलिभिजन चलाएको भन्दै तत्काल डिजिटल प्रणालीमा जान पुन आग्रह गरेको छ । एनालग प्रविधिमा नै टेलिभिजन चलाइरहे माल सामान जफथ गर्ने चेतावनी आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना मार्फत दिएको छ ।

राष्ट्रिय प्रसारण नियमावली, २०५२ ले काठमाडौं, विराटनगर, बीरगन्ज, ललितपुर र पोखरा महानगर क्षेत्रभित्र सञ्चालित सबै एनालग केवल नेटवर्कहरु २०७४ वैशाख १५ गते सम्म र सो बाहेकका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका भित्रका क्षेत्रमा २०७४ कात्तिक १५ गतेसम्म डिजिटलमा जान निर्देशन दिइएको थियो ।

बाँकी रहेका सबै गाँउपालिका समेत क्षेत्रमा २०७५ वैशाख १५ गतेसम्म अनिवार्य डिजिटल प्रणालीमा जान भनिएको भएपनि अटेर गरिएको मन्त्रालयको भनाइ छ । ती क्षेत्रमा मन्त्रालयले विभिन्न समयमा अनुगमन गरेको र एनालग प्रणालीमा सञ्चालित केवल नेटवर्क बन्द गरिएको उल्लेख गर्दै यसका बाजूद पनि कसैले एनालगत प्रणालीमा टेलिभिजन प्रसारण र वितरण गरेको भेटिएमा प्रयोग भएका उपकरण जफथ गरिने उल्लेख छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।