logo

अमेरिका र हुवावेबीचको तनावले फाइभजीको विश्वव्यापी योजनामा धक्का

    1106   पटक पढिएको

९ फागुुन /अर्थ र व्यापार - अमेरिकाले पछिल्लो समयमा चिनियाँ कम्पनी हुवावेविरुद्ध चालेको कडा कदमका कारण नयाँ पुस्ताको मोबाइल नेटवर्क फाइभजीको विश्वव्यापी योजनामा धक्का लागेको छ । अमेरिका र हुवावेबीचको तनावका कारण फाइभजीको तयारी गरिरहेका मोबाइल अपरेटरहरु समस्यामा परेको बताइएको छ । 

नयाँ सुपरफास्ट फाइभ जी नेटवर्कमा हुवावे कम्पनीका उपकरणहरुको प्रयोग नगर्नका लागि अमेरिकाले विश्वका अन्य देशहरुलाई आग्रह गरिरहेको छ । हुवावेमार्फत चिनियाँ सरकारले अन्य देश तथा कम्पनीहरुको जासुसी गर्ने गरेको अमेरिकी आरोप छ । तर हुवावेले भने अमेरिकाको यस्तो आरोप सख्त रुपमा खारेज गरिरहेकोे छ । हुवावेले फाइभजी टेक्नोलोजीमा यस्तो बलियो अग्रता कायम गरेको छ कि फाइभजी नेटवर्कमा जान चाहने कुनै पनि कम्पनीहरुले हुवावेका उपकरण प्रयोग नगरी त्यो सम्भव नै नहुने जस्तो अवस्था सिर्जना भएको छ ।

मोबाइल दूरसञ्चार पूर्वाधारसम्बन्धी विज्ञका अनुसार हुवावेलाई प्रतिबन्ध लगाउनु भनेको एउटा यस्तो रिक्तता सिर्जना गर्नु हो, जुन अहिले सजिलै अन्य कम्पनीले भर्न सक्दैन । जसका फाइभजीको विश्वव्यापी विकासमा गम्भीर असर पर्नेछ । यस्तो अनिश्चितता खासगरी युरोपेली मुलुकहरुका लागि समस्यापूर्ण हुने अनुसन्धान कम्पनी आईएचएस मार्किटका विज्ञ स्टेफेन टेराल बताउँछन् । युरोपको आर्थिक भविष्यका लागि फाइभजी नेटवर्क निकै महत्वपूर्ण रहेको बताइएको अवस्थामा फाइभजी नेटवर्कको पूर्वाधार विकासमा हुवावेको प्रमुख भूमिका रहने अपेक्षा गरिएको थियो ।

फाइभजी नेटवर्कको विश्वव्यापी सुरुवातका लागि इन्टरनेट प्रयोगकर्ता व्यग्र बनिरहेका बेला अमेरिका र चीनबीच हुवावे काण्डका कारण चिसिएको सम्बन्ध चुनौतीको रुपमा खडा भएको छ । विश्वमा टेलिकम उपकरणको क्षेत्रमा हुवावेसँग प्रतिस्पर्धामा उत्रिसक्ने कुनै हेभीवेट अमेरिकी कम्पनी छैन । हुवावेका मुख्य प्रतिस्पर्धी भनेकै स्विडेनको इरिक्सन र फिनल्याण्डको नोकिया रहेका छन् । तर ती दुई कम्पनी नै वर्षौंदेखि घाटा तथा कर्मचारी कटौतीको बाध्यताबाट गुज्रिरहेका छन् । जबकि हुवावेले भने १ खर्ब डलर वार्षिक आम्दानी मात्र गरेको छैन चिनियाँ अर्थतन्त्रको खम्बाको रुपमा स्थापित हुँदै गएको छ । हुवावेले यतिधेरै प्रविधिका पेटेन्ट राइटहरु आफूसँग सुरक्षित राखेको छ कि त्यसले फाइभजी नेटवर्कको भविष्य निर्धारण गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।