logo

अजोड इन्स्योरेन्सको तेस्रो साधारणसभा सम्पन्न

सर्वसाधारणको तर्फबाट पौडेल र सुवेदी सञ्चालकमा निर्वाचित

    1584   पटक पढिएको

७ बैशाख / अर्थ र व्यापार- अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७६÷७७ को लेखापरिक्षण प्रतिवेदन पारित गरेको छ । साधारणसभाले स्वतन्त्र विज्ञ संचालकमा विष्णु प्रसाद नेपाललाई नियुक्त गरेको छ । त्यस्तै सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने पानुदत्त पौडेल र सिर्जना सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।

साधारणसभामा महिला सहित सञ्चालक समितिको संख्या ७ जना रहने विशेष प्रस्ताव पेश गरिएको थियो । आजदेखि कम्पनीको सञ्चालक समिति पुर्ण भएको कम्पनीले जनाएको छ ।

अजोडले गत वर्षको असारमा प्राथमिक शेयर निष्काशन गरेको थियो । पछिल्लो समय नयाँ अनुमति पाएका कम्पनी मध्ये अजोडले पहिलो पटक प्राथमिक शेयर निष्काशन गरेको थियो । कम्पनीले एक अर्ब भन्दा धेरै प्रिमियम संकलन गर्न सफल भएको अध्यक्ष आजाद श्रेष्ठले वताए ।

हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना फाईरस तथा सोको कारण भएको बन्दाबन्दीले समग्र अर्थतन्त्रमा परेको नकरात्मक प्रभावका बावजुद कम्पनीले आर्थिक वर्ष २०७६÷०७७ मा ८८ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरि ४ करोड ५६ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।  

कम्पनीले फागुन मसान्तसम्म प्राधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालयहरु, १० बीमा काउण्टरहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीको टेक्निकल रिजर्भ थोरै भएकाले चाहे जति पैसा लगानी गर्न नपाएको प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।