logo

एनएसीको वाइड बडी ए ३३०–२०० विमान अन्नपूर्ण काठमाडौंमा, पहिलो उडान दोहामा हुने

    1377   पटक पढिएको

१४ आषाढ/अर्थ र व्यापार– नेपाल वायु सेवा निगमले पहिलो वाइड बडी ए ३३०–२०० विमान अन्नपूर्ण आज त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। फ्रान्सको तुलुजबाट ९ घण्टाको उडानपछि विमान काठमाडौं आइपुगेको हो ।
पहिलोपटक वाइडबडी जहाज किन्न निगमले नेपाल सरकारको ग्यारेन्टीमा कर्मचारी संचयकोष र नागरिक लगानी कोषबाट २४ अर्ब रुपैयाँ ऋण लिएको थियो ।
जहाजमा २ सय ७४ सीट छन्। जसमा १८ सीट स्रांग्रिला क्लास(विजनेश) र २ सय ५६ सीट साधारण क्लासका छन्। 
आउँदो अगष्टको १ तारिखमा निगमले काठमाडौंबाट दोहाको उडान गरेर व्यावसायिक उडान सुरु गर्ने निगमले जनाएको छ । 
नेपाल नागरिक उड्ययन प्राधिकरणको उडान अनुमति दिएपछि व्यवसायिक उडान पहिलो चरणमा कतारको दोहा र दुबईमा उडान गर्ने निगमले जनाएकोे छ । जहाज नेपाल ल्याउनु अघि फ्रान्समै अन्तिम परीक्षण उडान गरिएको थियो ।  
निगमले आज ल्याएको जस्तै एअरबस ए ३३०–२०० सिरिजको अर्को जहाज डेढ महिनाभित्र आइपुग्ने दावी गरेको छ । नयाँ जहाजले जापान र दक्षिण कोरिया उडान सुरु गर्ने निगमले जनाएको छ । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।