logo

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

प्राधिकरणको बक्यौता उठाउने उर्जामन्त्री घिसिङको पहिलो निर्णय

    410   पटक पढिएको


३० भदौं/अर्थ र व्यापार – नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् । निजी क्षेत्रको मनोबल उकास्न प्रयास गरिने भन्दै उनले निजी क्षेत्रसँग अन्तर्किया गरेर अघि बढ्ने बताए । अर्थमन्त्री खनालले हिजोको तुलनमा परिवर्तनको महसुस हुने गरि काम गरिने बताए ।
राजस्व संकलनमा पनि कमी आउन दिन नहुने किसिमले यो सरकारले काम गर्दै भन्दै अर्थमन्त्री खनालले व्यक्तिगत काम लिएर कोही पनि आफूलाई भेट्न घरमा नआउन समेत आग्रह गरे ।
आफु आफैं गाडी चलायर रास्ट्रपति भवन गएको भन्दै उनले चालकबाहेक अरू सुविधा नलिने घोषणा समेत गरे । नवनियुक्त अर्थमन्त्री खनालले पुरक बजेट ल्याउने बाटोमा नलागी भएकै बजेटलाई प्राथमिकीकरण गरेर कार्यान्वयन गर्ने बताए । उनले तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने जानकारी गराउँदै उनले ती परियोजनामा बिनियोजित बजेटबाट चुनावका लागि खर्च निकाल्ने पनि बताए ।
‘तत्काल आवश्यक नभएका आयोजना कटाउँदा १ खर्ब रुपैयाँ बचत हुन्छ भनेर अर्थसचिवले भन्नु भएको छ,’ अर्थमन्त्री खनालले भने, ‘मसँग आउँदा तयारी गरेर आउनु होला,त्यसो हुँदा कुन परियोजनाबाट कति निस्कन्छ भन्ने कुरा पनि हो यो।’
अर्थ मन्त्रालयले तत्काल नयाँ गाडी नकिन्ने बताउँदै उनले भएकैबाट काम चलाउने जानकारी गराए । उनले पुनर्निर्माणमा तत्काल ध्यान दिन यो सरकार लागि पर्ने जानकारी गराउँदै उनले तत्काल धुँवाको कालो हटाएर भए पनि हामी उठ्दैछौँ भन्ने सन्देश दिन आवश्यक रहेको बताए ।
उनले मन्त्रालयबाट आफूलाई केही नचाहिएको बताउँदै एउटा चालक र कार्यालयका लागि एक जना सहयोगीको माग गरेका छन् । उनले कर्मचारीलाई घर नआउनसमेत भनेका छन्। उनले १४÷१५ घण्टा मन्त्रालयमै बसेर काम गर्ने पनि बताए ।
उनले बिगतमा गल्ति गरेको कर्मचारीलाई पनि कारवाही हुने बताउँदै नजानेर गल्ति गर्ने छुटसमेत नभएको बताए ।
जानेर त गल्ति गर्नै भएन’ उनले कर्मचारीलाई संबोधन गर्दै भने, ‘नजानेर पनि गल्ति गर्न पाइँदैन।’ उनले विगतमा राज्यलाई नोक्शानि पुर्याउने काम गरेको जोसुकैमाथि पनि कारवाही हुने बताए ।
जेनजी पुस्ताको आन्दोलनपछि अन्तरिक सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री भएकी नवनियुक्त प्रधानमन्त्री शुशिला कार्कीले सोमबार तीन सदस्यीय मन्त्रीमण्डल विस्तार गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले गृहमन्त्रीमा ओमप्रकाश अर्याल, अर्थमन्त्रीमा रामेश्वर खनाल र उर्जा मन्त्रीमा कुलमान घिसिङलाई नियुक्त गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले अर्थमन्त्री खनाल सहित तीन जनालाई सोमबार मन्त्री नियुक्त गरेकी थिइन् । उनीहरूले आज राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ लिएका थिए ।
शपथ लगत्तै सिंहदरबार पुगेर नवनियुक्त तिनैजना मन्त्रीहरूले पदभार ग्रहण गरेका छन् ।
अर्थमन्त्रीमा नियुक्त भएका खनाल पूर्व अर्थ सचिव हुन । गृह मन्त्री अर्याललाई गृहको अलवा कानुन मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । उनी पछिल्लो पटक काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका सल्लाहकारको भूमिकामा रहेका थिए ।
नवनियुक्त ऊर्जामन्त्री घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन् । घिसिङले पनि सोमबार आफ्नो पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै नवनियुक्त ऊर्जामन्त्री घिसिङले पहिलो निर्णय समेत गरेका छन् ।
मन्त्री घिसिङले विद्युत् प्राधिकरणको बक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका हुन् । साथै, ऊर्जामन्त्री घिसिङले खादा–माला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त अर्थमन्त्री  खनाल, ऊर्जा घिसिङ र गृहमन्त्री अर्याललाई शपथ गराएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।