logo

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

    1559   पटक पढिएको

७ भदौ / अर्थ र व्यापार- आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

विगत दुई दशकदेखि पर्यटन व्यवसायमा सक्रिय थापा हिमालयन वण्डर्स एडभेन्चर प्रा.लि.का प्रबन्ध निर्देशक हुन । होटल व्यवसायमा समेत संलग्न थापाले यसअगाडी पर्यटक सेवा संघको कार्यसमिति सदस्य र गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल) को महासचिव पदमा रहेर समेत कार्य गरिसकेका छन । थापाले सञ्चालन गरेको कम्पनी हिमालयन वण्डर्स एडभेन्चर प्रा.लि.पछिल्लो दशक नेपालको पर्यटन क्षेत्रकै सफल कम्पनीका रुपमा परिचित छ ।

द्धितीय उपाध्यक्ष पदका उम्मेदवार थापा पछिल्ला वर्षहरुमा पदयात्रा व्यवसायीहरुको छाता संस्था टानको नेतृत्व लिन भईरहेका राजनीतिक गतिविधि प्रति चिन्तित छन । टानलाई राजनीतिवाट मुक्त राखेर विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउनु पर्ने र पदयात्रा व्यवसाय र व्यवसायीको हक, हित र व्यवसायको सुधारका लागी अगाडी बढाउनुपर्ने वताउँछन ।

आफ्नो समुह निर्वाचित भएमा पदयात्रा पर्यटन क्षेत्रका समस्याहरु समाधानका लागी पहल गर्ने, टिम्सलाई व्यवहारिक र सहि ढंगले कार्यान्वयनमा ल्याउने, कर र भ्याटका सम्बन्धमा देखापरेका समस्याहरु समाधानका लागी सक्रिय पूर्वक पहल गर्ने थापाले वताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।