logo

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

    2683   पटक पढिएको

३ फागुन / अर्थ र व्यापार- ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल सञ्चालन गर्दै आएको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले रूपन्देही, सिद्धार्थनगर नगरपालिका वडा नम्बर–३ को सिंगापुर कोलनीमा चारतारे स्तरसरहको नयाँ होटल सञ्चालनमा ल्याएको होटलका सञ्चालक सि.एन. पाण्डेले वताए । होटलमा ६० वटा रुम, स्विमिङ पुल, रेष्टुरेण्ट, रूफटप बार तथा ६ सय जना क्षमताको सेमिनार हल रहेका छन भने पर्यटकहरुलाई स्तरिय सेवा प्रदान गरिनेछ । त्यसवाहेक पर्यटकहरुको सेवा र सुविधालाई मध्यनजर गर्दैै आगामी दिनमा होटलका सेवा सुविधाहरु विस्तार गर्दै जाने योजना रहेको पाण्डेले वताए ।

“भैरहवा विमानस्थल सञ्चालनमा आएपछि सो क्षेत्रमा आवश्यक पर्ने स्तरिय होटल सेवालाई मध्यनजर गर्दै भैरहवामा होटल सञ्चालनमा ल्याएका हौं”–होटलका सञ्चालक पाण्डेले भने । त्यसवाहेक भारतिय र श्रीलंकाका पर्यटकहरुलाई सडकमार्गवाटै पनि आकर्षित गर्ने योजनामा रहेको पाण्डेले वताए । भारतसंगको सिमावाट जम्मा चार किमि दुरीमा रहेको होटलले विवाह, नेपाली र भारतिय कर्पोरेट कार्यक्रम तथा माईस टुरिजममा आधारित रहेर विभिन्न योजनाहरु ल्याउने पाण्डेले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।