logo

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

    942   पटक पढिएको


१७ भदौ/अर्थ र व्यापार – अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् । उनले नेपालमा लगानी भित्र्याउनका लागि आफूले अमेरिकी लगानीकर्तालाई उत्प्रेरित गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
अमेरिकन च्याम्बर्स अफ कमर्सको आयोजनामा काठमाडौंमा आयोजित अन्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन ।
उनले नेपालमा पछिल्लो समय उर्जा, प्रविधि र पर्यटन लगायतका क्षेत्रमा लगानीको प्रशस्त सम्भावना देखेको बताए । अमेरिका र नेपालको पूरानो तथा गहिरो सम्बन्ध रहेको चर्चा गर्दै सिनेटर होलनले एमच्यामले नेपाल र अमेरिकी लगानीकर्ता बिच समन्वयकारी भुमिका खेल्न सक्ने बताए ।

अन्तक्रिया कार्यक्रममा एमच्यामले आफ्नो प्राथमिकताका आधारमा उर्जा, प्रविधि र पर्यटन क्षेत्रबारे संक्षिप्त भिडियो प्रस्तुत गरेको थियो । ती भिडियोले नेपालमा यी क्षेत्रमा रहेको सम्भावनालाई निकै मिहिन ढंगले देखाएको सिनेटर होलनले उल्लेख गरे ।
उर्जाको क्षेत्रमा भर्खरै एमसीए नेपालले काम सुरू गरेको समेत उनले जानकारी गराए । अमेरिकाले नेपालको उर्जा क्षेत्रमा मात्रै नभएर अन्य क्षेत्रमा पनि उत्तिकै सहयोग गरेको उनको भनाइ थियो ।
हेलनले नेपालमा लगानिको इको सिस्टम राम्रो र सहज वातावरण पनि भेटेको बताए ।
कार्यक्रममा नेपालकालागि अमेरिकी राजदुत आर थम्सनले नेपालमा अमेरिकन च्याम्बर्स अफ कमर्सले अमेरिकी लगानिकर्ताहरुलाई प्रभावकारी समन्वय गरिरहेकोमा खुसी व्यक्त गरे ।
सो कार्यक्रममा सोल्टी होटलका ऋषि चोपडाले अमेरिकी लगानीमा रहेको सोल्टी होटलले ग्लोबल क्षेत्रमा पर्यटन प्रवर्द्धनमा खेलेको भुमिकाबारे भिडियो प्रस्तुत गरेका थिए । यस्तै मोतिलाल दुगडले मोघा इनर्जी कम्पनिको बारेमा र हेमपाल श्रेष्ठले प्याराकोस्मा आईटी कम्पनीबारे भिडियो प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अमेरिकन च्याम्बर्स अफ कमर्सका अध्यक्ष अजित शाहले उर्जा, प्रविधि र पर्यटन क्षेत्रमा नेपालमा एक्सप्लोर हुन बाँकी धेरै रहेको उल्लेख गरे । उनले नेपालमा यी क्षेत्रमा धेरै नै सम्भावना रहेको उल्लेख गर्दै अमेरिकाले यसतर्फ लगानी गर्नुपर्नेमा जोड दिए ।
सो कार्यक्रममा उर्जा, प्रविधि र पर्यटन क्षेत्रम अमेरिकाको लगानीबारे विशेष चर्चा गरिएको थियो ।
नेपाल भ्रमणमा रहेका अमेरिकन सिनेटर होलनले नेपालका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूसँग छलफल गर्दैछन् । सोही क्रममा अमेरिकन च्याम्बर्स अफ कमर्सका पदाधिकारी तथा सदस्यहरूसँग उनले छलफल गरेका हुन् ।
अमेरिकन च्याम्बर्स अफ कमर्सका अध्यक्ष शाहले सो छलफलले उर्जा, प्रविधि र पर्यटन क्षेत्रमा अमेरिकी लगानी वृद्धि गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

अमेरिकी दूतावाससँगको समन्वयमा अमेरिकन च्याम्बर्स अफ कमर्सले सो अन्तर्क्रिरया कार्यक्रम गरेको हो । कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत आर थम्सन र दुतावासका पदाधिकारीहरू, युएसएआईडीका पदाधिकारीहरू र एमच्यामका सदस्यहरूको सहभागीता थियो ।
अमेरिकन च्याम्बर्स अफ कमर्स अमेरिकामा विभिन्न क्षेत्रमा लगानी गरिरहेका नेपाली उद्यमी तथा व्यवसायीहरूको छाता संगठन हो । यस संस्थाले नेपालमा अमेरिकी लगानी भित्र्याउन विशेष पहल गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।