logo

आर्थिक पत्रकारितामा थप बिश्वसनिय बन्ने हाम्रो प्रतिबद्धता

    1098   पटक पढिएको

प्रकाशकीय

१ असार / मुलुकको अर्थतन्त्र संकुचन र समस्यामा छ । देशभित्रकै आन्तरिक र बाह्य कारणहरुका कारण विगत लामो समय देखि संकटमा रहेको नेपालको अर्थतन्त्रले अझै पनि सहज बाटो पक्रन सकेको छैन ।

जनताको चाहना राजनितिक स्थिरता, विकास र समृद्धि रहेपनि देशले अझै सहि दिशा समाउन सकेको छैन । कुनै न कुनै रुपमा देशमा राजनीतिक एजेण्डाहरु नै प्राथमिकतामा छन ।

अर्थतन्त्रका लागी गत वर्ष त्यति अनुकुल नरहेको अवस्थामा पनि प्वाईन्ट मिडिया प्रा.लि द्धारा प्रकाशित यस अनलाईन Arthabyapar.com ले आफ्नो प्रकाशन/ सञ्चालनको नौ वर्ष पुरा गर्दै दशौं वर्षमा प्रवेश गरेको छ । यस दश वर्षको अनुभवले हामीलाई अझ वढि जिम्मेवार, सत्य र निष्पक्ष समाचार र बिचार सम्प्रेषणका लागी थप जिम्मेवारी बोध भएको छ ।

यसका साथै हामीले अर्थ र व्यापार साप्ताहिक पनि सञ्चालन गर्दै आएका छौं । समृद्धि बहस कार्यक्रम मार्फत मुलुकको अर्थराजनीतिक क्षेत्रमा बहस पनि हामीले सञ्चालन गर्दै आईरहेका छौं । समय, प्रविधि र पाठकहरुको चाहनामा आएको परिवर्तनलाई मनन गर्दै हामीले अब हाम्रो यात्रालाई डिजिटल तर्फ अझ प्रभावकारी ढंगले अगाडी बढाउने प्रण गरेका छौं । अवको नेपालको आर्थिक पत्रकारिता मुलुकको समृद्धिका लागी हुनेछ र हुनुपर्छ भन्नेमा हामी स्पष्ट छौं । डिजिटल आर्थिक पत्रकारितामा थप बिश्वसनिय बन्ने हाम्रो प्रतिबद्धता पुनः दोहो¥यान चाहन्छौं ।

Arthabyapar.com ले दश वर्ष प्रवेश गरेको अवसरमा हामी हाम्रा सम्पूर्ण पत्रकार, कर्मचारी तथा वितरण विभागका सम्पूर्ण सहकर्मीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । त्यसका साथै हाम्रा आदरणीय पाठकवर्ग, विज्ञापनदाता तथा शुभचिन्तकहरुलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

Arthabyapar.com को दश वर्ष प्रवेशको अवसरमा Arthabyapar.com ले आगामी दिनमा पस्कने सामग्रीहरुलाई अझ परिष्कृत र विश्लेषणात्मक बनाउने जिम्मेवारीवोध पनि हामीलाई भएको छ । त्यसका साथै मुलुकको आर्थिक विकास र समृद्धिका लागी अर्थतन्त्रमैत्री वातावरण निर्माण, लगानीमैत्री वातावरण निर्माण, समयानुकुल निति निर्माण तर्जुमा गर्ने वातावरण निर्माण गर्ने तथा मुलुकमा भएका सम्भावनाहरुको उजागर गर्दै विकृति र विसंगतिहरुको पर्दाफास गर्न पत्रकारिताकै माध्यमवाट सदैव लागीरहने प्रतिवद्धता पुनः व्यक्त गर्दछौं । त्यसका साथै आम जनताका सरोकारका विषय लाई पनि हामी विगत जस्तै सदैव उठाईरहने छौं र आवाजविहिनहरुको आवाज बनि नै रहनेछौं ।

प्वाईन्ट मिडिया प्रा.लि.

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।