logo

दसैं तिहार नजिकिएसँगै रेमिट्यान्स भित्रिने क्रम बढ्यो, देसमा रित्तिएको ढुकुटी भर्न सहयोग हुने

    1417   पटक पढिएको

१७ भदौ/अर्थ र व्यापार – दसैं, तिहार र छठपर्व नजिकिएसँगै रेमिट्यान्स भित्रिने क्रम बढेको छ । चालु आर्थिक वर्ष २०७९/०८० सुरु भएसँगै रेमिट्यान्समा सुधार देखिएको थियो । चालु आर्थिक वर्षको वितेका दुई महिना साउन र भदौमा रेमिट्यान्स आप्रवाहमा सुधार देखिएको हो ।
विश्व महामारीका रुपमा फैलिएको कोरोना महामारीका कारण केही शिथिल बनेको रेमिट्यान्स चालु आवको गत साउन र भदौ महिनामा भने सुधार आएको रेमिट्यान्स कारोबारमा संलग्न व्यवसायीहरुले बताएका छन ।
गत आवको मध्येसम्म घटेको रेमिट्यान्स आप्रवाह असार मसान्तसम्म भने बढेको थियो । गत आर्थिक वर्ष २०७८÷०७९ मा रेमिट्यान्स आप्रवाह ४.८ प्रतिशतवृद्धि भएर १००७ अर्ब ३१ करोड पुगेको थियो । चालु आर्थिक वर्ष सुरु भएसँगै बढेको रेमिट्यान्सले अर्थतन्त्र सुधार उन्मुख रहेको सम्बन्धीत सरोकारवालाहरु एवं व्यवसायीले बताएका छन ।
आयातमुखी अर्थतन्त्र र रेमिट्यान्समा आएको गिरावटले अर्थतन्त्र संकटमा पर्न सक्ने आँकलन गरिएकोमा असार मसान्त र साउनको तथ्यांकले विस्तारै सुधार भएको उनीहरुको भनाई छ ।
रेमिट्यान्स घट्दा अर्थतन्त्रमा विभिन्न समस्या देखिने जोखिम बढेको भन्दै सबैले चिन्ता व्यक्त गरेका थिए । रेमिट्यान्स घटेपछि अर्थतन्त्रमा समस्या पर्न सक्ने भन्दै सरकार समेत अडराएको थियो ।
यसअघि अर्थविदहरुले पनि रेमिट्यान्स आप्रवाह घट्दाको असर समग्र अर्थतन्त्रमा पर्न थालेको भन्दै चिन्ता व्यक्त गर्दै आएका थिए । नेपाली मुद्रा विप्रेषक संघको सचिवालय प्रमुख श्याम पौडेलले साउन लागेपछि रेमिट्यान्स बढिरहेको बताए ।
कोरोना महामारीको प्रभाव कम परेको र चाडपर्वमा घरपरिवारका लागि खर्च पठाउने भएकोले रेमिट्यान्स बढेको उनको भनाइ छ । उनले रेमिट्यान्स बढ्दै गएपछि अर्थतन्त्रमा समेत सुधारको संकेत देखिएको बताए ।
हाल विदेश जानेहरुको संख्या बढ्दो छ, कोरोना महामारीको प्रभाव कम हुँदै गएको छ, गैर–कानुनी च्यानल घटेर कानुनी च्यानलबाट रेमिट्यान्स आउन थाल्यो, त्यसैले चाडपर्वमा रेमिट्यान्स बढ्ने संकेत देखिएको जानकारि गराउँदे उनले भने, ‘रेमिट्यान्स बढ्दै गएपछि अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ, रेमिट्यान्स आप्रवाह बढ्दै गएपछि अर्थतन्त्रमा समस्यामा पर्ने अवस्था हुँदैन् ।’
रेमिट्यान्स बढाउनका लागि राष्ट्र बैंक र सरकारले चनाखो भएर काम गरेपछि रेमिट्यान्स बढेको उनको दावी छ । बाह्य रेमिट्यान्स बढेपनि आन्तरिक रेमिट्यान्स कारोबार भने घटेको व्यवसायी पौडेलले बताए । राष्ट्र बैंकले गरेको कडाइका कारण आन्तरिक रेमिट्यान्स कारोबार घटेर घाटा भएको उनको भनाई छ ।
नेपाली मुद्रा विप्रेषक संघका उपाध्यक्ष रितेश मित्तलले चाडपर्वको समयमा रेमिट्यान्सको आप्रवाह बढ्ने बताए । उनले हरेक वर्ष दशैंको एक महिना अघिबाट रेमिट्यान्स बढ्ने गरेको स्मरणगर्दै विदेश जानेको संख्या पनि बढेकोले रेमिट्यान्स बढ्ने अपेक्षा गरिएको बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।