logo

अर्थमन्त्रीले मध्यरातमा करकोदर हेरफेर गर्न बाहिरका मान्छे बोलाएकोबारे योगेश भट्टराईले उठाए प्रश्न 

    1202   पटक पढिएको

३० जेठ/अर्थ र व्यापार – नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले आगामी आर्थिक वर्ष २०७९/८०कालागि विनियोजित  बजेट निर्माणका क्रममा मध्ये रातको १२ बजे अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई आफ्नो कार्यकक्षमा बाहिरका मान्छेलाई बोलाएर करका दरमा हेरफेर गरेकोबारे गम्भिर प्रश्न उठाएका छन ।  उनले त्यस्ता व्यक्तिलाई बजेट आउने अघिल्लो दिन किन बोलाएको भन्दै प्रश्न गरे ।
सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद भट्टराईले यस्तो प्रस्न गरेका हुन । उनले विद्युतीय सवारी साधन,सेनिटरी प्याडलगायतका सामग्रीमा कर वृद्धि गरिएको र अनधिकृत व्यक्तिलाई बजेट निर्माणको अन्तिम दिन प्रवेश गराइएको बताए । उनले आगामी आर्थिक वर्षको बजेट मार्फत विभिन्न सामानको भन्सार तथा करको दर हेरफेर भएको बताए ।
 उनले अर्थमन्त्रीले संसद्को बैठकमा त्यसबारेमा जानकारी गराउनुपर्ने माग गरे । सांसद,मन्त्रीहरुले पदमा रहँदा वा नरहँदा कुनै पनि कुरा सार्वजनिक नगर्ने भनेर सपथ खाएको स्मरण गर्दै बजेट निर्माणको अन्तिम चरणमा बाहिरको मान्छे आउनु राष्ट्र नाममा लिएको सफतको खिलाफ भएको उनको तर्क छ । यो राष्ट्रघात भएको भन्दै यस विषयमा मन्त्रीको स्पष्टिकरण समेत माग गरेका छन् । यस विषयमा प्रधानमन्त्रीको भनाइ पनि आवश्यक रहेको उनको दाबी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।