logo

व्यवसायीको आन्दोलनले ३५ सय आयोजना निर्माणको काम ठप्प

    1577   पटक पढिएको

११ वैशाख /अर्थ र व्यापार– निर्माण व्यवसायीहरुले मूल्य वृद्धिका कारण काम गर्न नसकिने अवस्था आएको भन्दै एकैपटक करिब ३ हजार ५ सय निर्माण साइटका काम बन्द गरेका छन् । अत्यावश्यक कामबाहेक कुनै पनि निर्माणको काम नगर्ने गरी नेपाल निर्माण व्यवसायी महासंघले आइतबारदेखि ‘कन्सट्रक्सन होलिडे’ गरेको हो ।
महासंघका अध्यक्ष रबि सिंह पुलको निर्माण, सडक कालोपत्रे, नदी नियन्त्रणबाहेकका ३ हजार ५ सय आयोजनाहरुमा काम बन्द भएको बताउाछन् । सिंहका अनुसार केही महिनादेखि पेट्रोलियम पदार्थ –डिजेल, बिटुमिन, पेट्रोल, ग्याास) फलामजन्य निर्माण सामग्रीहरु छड, ग्याबिन तार, पाता, आइरन ब्लेड लगायतका विभिन्न निर्माण सामग्रीहरुको अप्रत्यासित रुपमा अत्यधिक मूल्य वृद्धि भएको छ ।
यस्तो मूल्य वृद्धिको सम्बोधन नभएसम्म निर्माण व्यवसायीहरुले आर्थिक रुपले निर्माणका काम सञ्चालन गर्न नसक्ने उनले बताए ।
‘अप्रत्यासित रुपमा भएको मूल्य वृद्धिलाई सम्बोधन गर्न २०६५ सालमा पनि मूल्य समायोजन मार्गदर्शन नं.–१ जारी गरी निर्माण कार्य सुचारु गरेको नजिर भएको र सोही नजिर अनुसार यसपटक पनि मूल्य समायोजन मार्गदर्शन नं–२ जारी गर्न पटक–पटकको अनुरोध गरका छौं,’ उनले भने, ‘सरकारले हालसम्म पनि सम्बोधन नगरेको हुादा आन्दोलनमा उत्रिन लागेका हौं ।’

वृद्धि भएको मूल्य वृद्धिको क्षतिपूर्ति हुने गरी एकमुष्ठ रुपमा ठेक्काहरुको मूल्य समायोजन गर्नुपर्ने व्यवसायीहरुको माग छ । महासंघका महासचिव रोशन दाहालले निर्माण सामग्रीहरुमा भएको अत्यधिक मूल्य वृद्धिको सम्बोधन नभएसम्म वा मूल्य वृद्धि नियन्त्रण भएर सामान्य अवस्था नभएसम्मको अवधिलाई ‘कन्स्ट्रक्सन होलिडे’ को रुपमा लिएर सबै निर्माण कार्यहरु बन्द गर्न महासंघले निर्माण व्यवसायीलाई अनुरोध गरेको बताए । महासचिव दाहालले जानकारी गराए अनुसार कन्स्ट्रक्सन होलिडेस सुरु भएपछि १३ वैशाखदेखि जिल्लास्थित निर्माण व्यवसायी संघहरुले जिल्ला प्रशासन कार्यालयमा र ७ वटै प्रदेश महासंघहरुले आ–आफ्ना प्रदेशमा रहेका प्रदेश मुख्यमन्त्रीको कार्यालयमा प्रत्येक दिन बिहान ११ बजेदेखि दिउासो १२ बजेसम्म दैनिक एक घण्टाका दरले धर्ना दिने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।