logo

बहुप्रतिक्षित चोभार बन्दरगाह सञ्चालनमा, प्रधानमन्त्री देउवाले गरे उद्घाटन

    1597   पटक पढिएको

२२ चैत/अर्थ र व्यापार – बहुप्रतिक्षित चोभार सुख्खा बन्दरगाह मंगलबारदेखि सञ्चालनमा आएको छ । वीरगञ्जबाट डिजिटल लक लगाएर आएको मालबाहक कन्टेनर बन्दरगाहमा प्रवेश गराई प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेका हुन् ।
यसअघि केही नीतिगत व्यवस्था मिलाउने कार्यमा भएको ढिलाईका कारण गत असारमा निर्माण सम्पन्न भएको चोभारको सुख्खा बन्दरगाह हालसम्म सञ्चालनमा आउन सकेको थिएन । काठमाडौंका व्यवसायीको आयात तथा निर्यात सहजीकरणका लागि चोभारमा सुख्खा बन्दरगाह सञ्चालनमा ल्याईएको हो ।
हाल बन्दरगाहमा आवश्यक भन्सार कार्यालय, क्वारेन्टाइन, बैंक लगायत सबै पूवाधारजन्य निकाय आइसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । सो समितिका कार्यकारी निर्देशक आशिष गजुरेले यस्तो जानकारी गराएका हुन ।
विश्व बैंकको ऋण सहयोगमा बनेको बन्दरगाहको लागत एक अर्ब ५३ करोड रूपैयाँ हो । दुई सय २० रोपनी क्षेत्रफलमा निर्माण भएको यस बन्दरगाहमा पाँचसय ट्रक पार्किङ गर्न सकिन्छ । यसैगरि, परियोजना अन्तर्गत पाँच वटासयसम्म कन्टेनर राख्न मिल्नेगरी यार्ड बनाइएको छ ।
समितिका निर्देशक गजुरेलका अनुसार यो बन्दरगाहमा चारवटासम्म कन्टेनर खप्टिएर राख्न सकिने गरी कन्टेनर यार्ड बनाइएको छ । बन्दरगाहमा सवारी साधन प्रवेशकालागि ठूला तीनवटा गेट बनाइएको छ । यसैगरि, बन्दरगाह क्षेत्र बाहिरको सडकसमेत सुधार गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।