logo

राजस्व संकलन लक्ष्यको ९५.३ प्रतिशत, खर्च लक्ष्यको ८० प्रतिशत मात्रै

    1759   पटक पढिएको


१ साउन/अर्थ र व्यापार– सरकारले आर्थिक वर्ष २०७७/७८ मा राजस्व संकलन लक्ष्यको ९५.३ प्रतिशत मात्र संकलन गर्न सकेको छ । भने खर्च पनि ८० प्रतिशत मात्रै गर्न सकेको छ । 

१४ खर्ब ७४ अर्ब खर्च गर्ने लक्ष्य लिएको सरकारले ११ खर्ब ८० अर्ब मात्रै खर्च गरेको हो । यो लक्ष्यको ८० प्रतिशत मात्रै खर्च हो । चालु शीर्षकमा ८ खर्ब ५१ अर्ब खर्च भएको छ । विकास खर्च २ खर्ब २८ अर्ब मात्रै खर्च भएको छ ।   

खर्च र राजस्व असुलीको लक्ष्य भेट्न नसकेको सरकारले भन्सार असुली भने १०१% ले संकलन भएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) मा पनि लक्ष्य नाघेको छ ।

भन्सार असुलीतर्फ लक्ष्यभन्दा सवा तीन अर्ब रुपैयाँ धेरै संकलन भएको छ । गतवर्ष सरकारले भन्सार विभागले ४ खर्ब ४० अर्ब संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा ४ खर्ब ४३ अर्ब २६ करोड संकलन भएको छ । 

यस्तै आन्तरिक राजस्वमा ४ खर्ब २७ अर्ब राजस्व संकलन भएको छ । विभागले राखेको असुली लक्ष्यको यो ९५.३ प्रतिशत मात्रै हो । गत आवमा भन्सार र आन्तरिक राजस्व गरी ८ खर्ब ७० अर्ब ११ करोड रुपैयाँ उठेको छ । 

विभागले गत वर्ष ४ खर्ब ५० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । आयकर २ खर्ब १० अर्ब लक्ष्यमा १ खर्ब ९५ अर्ब असुली भएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।