logo

चीनमा राँगा–भैंसीको मासु निर्यात सम्झौता

    696   पटक पढिएको

 
२ पुस/अर्थ र व्यापार –  नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात गर्न सम्झौता भएको छ । नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात गर्ने विषयमा हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको साङ्घाई जियान फुड प्रालिबीच सम्झौता भएको हो ।
सोमबार भएको दुई पक्षीय सम्झौता कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल-चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणमा यो सम्झौता कोशेढुंगा हुने बताए ।

प्रधानमन्त्रीको चीन भ्रमणको समयमा नेपाल र चीनबीच राँगाभैंसीको मासु निर्यात गर्ने विषयमा सम्झौता भएको स्मरण गराउँदै उनले यो सम्झौताले नेपाली किसानलाई राँगाभैंसी पालनमा थप प्रोत्साहन मिल्ने बताए ।

नेपालको हावापानी र विविध भौगोलिक बनोट पशुपालनका लागि उत्कृष्ट रहेको उनको भनाइ थियो ।नेपालमा रागाँभैंसीपालन समाजको अभिन्न अङ्गको रूपमा रहेकोले यसको दिगो उत्पादन तथा उपलब्धता सुनिश्चित रहेको उनको भनाइ छ ।

उनले भने, ‘नयाँ पुस्तालाई समेत यसमा जोडी पुस्तान्तरणमा समेत काम गर्नुछ । नयाँ पुस्ता प्रविधिमैत्री भएको सन्दर्भमा हामीले यसमा समेत नवीन प्रविधिहरूको प्रयोग विस्तार गरी युवापुस्तालाई यसमा आकर्षण गर्नु पर्नेछ ।’
विगतको तुलनामा नेपालमा विकासको रफ्तार बढेको भन्दै उनले गाउँबेसीसम्म बाटोघाटोको पहुँच पुगेसँगै ग्रामीण क्षेत्रमा उत्पादन गरिएका दूध तथा मासुलाई बजार पुर्‍याउन सहज भएको बताए ।

यसरी उत्पादन भएका सामग्री वृद्धिहुँदा यिनको बजारीकरणको चुनौती समेत थपिएको भन्दै उनले नेपाली उपभोक्ताका अतिरिक्त विदेशमा सम्भावित बजार पहिचान गरी बिक्री वितरण हुने वातावरण बनाउन समेत आवश्यक रहेको उनले बताए ।

नेपालको असल छिमेकी मुलुक चीनमा हालका दिनमा मासु निर्यातको सम्भावना देखिएकोले धेरै रोजगारीका लागि विदेश जान तयार नागरिक नेपालमा नै बसेर यो व्यवसाय सुरु गर्न उत्सुक हुने उनको भनाइ छ ।

किसानले उत्पादन गरेका राँगाभैंसीको मासुको गुणस्तर सुनिश्चित गरेपछि नेपाली उपभोक्ताले प्रयोग गर्ने तथा चीन सरकारको मापदण्ड अनुसारको मासु निर्यात गर्न नेपाल सरकार प्रतिबद्ध रहेको मन्त्री अधिकारीले बताए ।

नेपाली उत्पादनको गुणस्तर सुनिश्चित बनाउदै गुणस्तरीय वस्तु निर्यात सुनिश्चित गर्न प्रयासरत रहेको भन्दै उनले पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयन गर्दै आवश्यक कानुन नीति नियम बनाउन तथा सोको पालना गर्न गराउन सरकार दृढ रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।