logo

वेष्टर्न डेभलपमेण्टले ९९ लाख १८ हजार रुपैंया खुद नाफा कमाए

    1594   पटक पढिएको

१७ साउन / अर्थ र व्यापार – वेष्टर्न डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षमा छ करोड ९९ लाख १८ हजार रुपैंया खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा चार करोड दुई लाख रुपैंया खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १५ करोड ६९ लाख ६० हजार रुपैंयाबाट बढेर ३४ करोड ५३ लाख १२ हजार रुपैंया पुगेको छ । कमाई भन्दा पूँजी वृद्धि अनुपात धेरै भएका कारण बैंकको प्रतिसेयर आम्दानीमा संकुचन आएको छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २५ रुपैंया ६४ पैसाबाट घटेर २० रुपैंया २५ पैसा कायम भएको छ ।

जगेडा कोषमा आठ करोड ६२ लाख ६८ हजार रुपैंया सञ्चित गरेको बैंकको निष्कृय कर्जा अनुपात बढेको छ । अघिल्लो आर्थिक वर्षमा ०.१६ प्रतिशत रहेको निष्कृय कर्जा अहिले ०.८९ प्रतिशतमा उक्लिएको छ । प्रतिसेयर नेटवर्थ १२४ रुपैंया ९८ पैसा रहेको बैंकको मूल्य आम्दानी अनुपात १७.३० गुणा बढी छ ।

दाङमा मुख्य कार्यालय रहेको बैंकले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन थप साढे १५ करोड रुपैंया जुटाउनु पर्ने हुन्छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।