logo

देशकै पहिलो फाइनान्स बल्ल भयो समस्याग्रस्त मुक्त

    1055   पटक पढिएको

 मंसिर / अर्थ र व्यापार - लामो समयदेखि समस्याग्रस्त अवस्थामा रहेको देशकै पहिलो फाइनान्स कम्पनी नेपाल फाइनान्स लिमिटेडमा नयाँ लगानीकर्ता छिरेका छन्। नयाँ लगानीकर्ताले छिरेसँगै नेपाल राष्ट्र बैंकले फाइनान्सलाई समस्याग्रस्तबाट मुक्त गरेको छ। आन्तरिक रुपमै ऋण परिचालन गरेको, धितो मूल्याङ्कनभन्दा बढि ऋण दिएको जस्ता कारणले फाइनान्स २०७१ मंसिर १७ गते समस्यामा परेको थियो।

त्यसपछि सुधार प्रकृयामा रहेको फाइनान्सलाई मंसिर २० गतेको सञ्चालक समिति बैठकले समस्याग्रस्त अवस्थाबाट फुकुवा गरेको हो।  राष्ट्र बैंकले २०७० पुस मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा राष्ट्र बैंकले समष्टिगत स्थलगत निरीक्षण प्रतिवदेन अनुसार कारवाही गरेको थियो।

सुपरिवेक्षकीय समायोजनपछि पूँजीकोष ४.३६ प्रतिशतले ऋणात्मक, निष्कृय कर्जा ५४.१८ प्रतिशत पुगेको थियो। २०७० असार मसान्तमा २२ करोड चुक्ता पुँजी पुयाउनु पर्नेमा १३ करोड ५८ लाख मात्र रहेको थियो भने संस्थाका संस्थापक र लामो समयसम्म कार्यकारी प्रमुख रहेका रविचन्द्रमान प्रधान, उनको परिवार र उनीसँग सम्बन्धित व्यक्ति तथा संस्थाको नाममा ३६ प्रतिशतभन्दा बढी शेयर स्वामित्व भेटिएको थियो।

एउटै ग्राहक, फर्म, कम्पनी वा आपसी सम्बन्ध भएका ग्राहकहरुको समूहलाई राष्ट्र बैंकको निर्देशन विपरीत प्राथमिक पूँजीको २५ प्रतिशतभन्दा बढी कर्जा प्रवाह गरेको पनि भेटिएको थियो। राष्ट्र बेंकको निर्देशन विपरीत फाइनान्सको शेयरमा प्रचलित कानून बमोजिम स्थापित सहकारी संस्थाको संस्थागत रुपमा लगानी रहेको लगायत गंभीर प्रकृतिका कैफियतहरु देखिएको थियो।

संस्था सुधार ६ महिनाभित्र गर्न भनिएपनि करिव करिव ६ बर्ष लागेको छ। राष्ट्र बैंकले त्यसबेला चुक्ता पूँजी तथा पुँजीकोष अनुपात कायम गर्न भनेको थियो। अब भने फाइनान्सले ८० करोड चुक्ता पूँजी पुर्याउनु पर्छ। यसका लागि उसले करिव २ बर्षको समय पाएको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।