logo

स्वाभिमान र जनसेविलघुवित्तको शेयरमा आवेदन दिने आज अन्तिम दिन

    1908   पटक पढिएको

३१ बैशाख /अर्थ र व्यापार - स्वाभिमान र जनसेविलघुवित्तको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको दुई लघुवित्त कम्पनीको एक घण्टाभित्र माग भन्दा बढी आवेदन परेको विक्रि प्रबन्धकले जानकारी दिएका छन । माग भन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्रनै विक्री बन्द गर्न लागिएको हो । यो आईपीओ विक्रीका लागि छिटोमा वैशाख ३१ र ढिलोमा जेठ २६ गतेसम्मको मिति तय गरिएको थियो ।

यी दुई कम्पनीले सर्वसाधारणका लागि ६ लाख १८ हजार ५६८ कित्ता शेयर सर्वसाधारणका लागिग विक्रीमा ल्याएका छ । यसमा जनसेवि लघुवित्तले कुल ४ लाख ६३ हजार ३०० कित्ता शेयरमध्ये २३ हजार १६५ कित्ता शेयर सामूहिक लगानीकोषका लागि छुट्याएको छ । 

त्यस्तै ७ हजार १४५ कित्ता यस संस्थाका कर्मचारीहरुका लागि सुरक्षित राखी बाँकी ४ लाख ३२ हजार ९९० कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो । यस शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम एक  हजार कित्तासम्म आवेदन गर्न सकिनेछ । यस आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

त्यस्तै , स्वाभिमान लघुवित्त वित्तीय संस्थाले कुल १ लाख ९८ हजार ६१० कित्ता मध्य ३ हजार ९३ कित्ता शेयर संस्थाका कर्मचारीहरुका छुट्याएको  छ भने  ९ हजार ९३० कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट पश्चात बाँकी १ लाख ८५ हजार ५८७ कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । स्वाभिमानको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्न सकिनेछ । स्वाभिमानको आईपीओ विक्री प्रबन्धकको जिम्वेवारी सिद्धार्थ क्यापिटलले लिएको छ । 

आइतबारसम्म जनसेवी लघुवित्त वित्तीय संस्थाको आईपीओमा माग भन्दा ८.१९ गुणा बढी ३५ करोड ४६ लाख ८७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । त्यस्तैगरि,  स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओमा पनि ३५ करोड २ लाख ६३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।  १८.८७ गुणा बढी आवेदन परेको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।