logo

स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाद्वारा साधारण शेयर निष्काशनका लागि अनुमति माग

    1695   पटक पढिएको

२७ पुस /अर्थ र व्यापार  - स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारण शेयर (आईपिओ) निष्काशनका लागि नियामक निकाय धितोपत्र बोर्डको अनुमति मागेको छ ।  कम्पनीले जारी पूँजी ६ करोड रुपैयाँको ३० प्रतिशत आईपिओ निष्काशनको अनुमति माग्दै पुस २४ गते बोर्डमा निवेदन दिएको हो ।

माइक्रोफाइनान्सले यसअघि नै आईपिओ निष्काशनको निवेदन दिएको थियो । अहिले भने कम्पनीले पूँजी संरचनामा भएको संसोधन पश्चात बाफिया २०७३ मा भएको व्यवस्था अनुसार सर्वसाधारणमा जारी हुने संरचना परिवर्तनका लागि कम्पनीले पुन आवेदन गरेको हो ।  तिलोत्तमा, ५ रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको स्वाभिमानले हाल लघुवित्तको कायम ६ करोड जारी पूँजीको ३० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपिओ बिक्री गर्ने अनुमतिका लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

आईपिओ निष्काशनका लागि माइक्रोफाइनान्सले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीको कार्तिक ५ गते सम्पन्न दोस्रो वार्षिक साधारणसभाले साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । हाल चार करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको साधारण शेयर निष्काशन पश्चात ६ करोड पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्त कम्पनीले ३६ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

माइक्रोफाइनान्सले असोज मसान्तसम्म १४ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंकबाट ४१ करोड ४१ लाख रुपैयाँ सापटी लिएर ५० करोड ७४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । माइक्रोफाइनान्सको खराब कर्जा अनुपात ०.०२ प्रतिशत रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।