logo

स्वरोजगार लघुवित्तद्वारा ४ करोड २३ लाख रुपैयाँ नाफा आर्जन

    1085   पटक पढिएको

१६ बैशाख /अर्थ र व्यापार - स्वरोजगार लघुवित्त वित्तीय वित्तीय संस्था लिमिटेडको वित्तिय विवरण अनुसार तेस्रो त्रैमास सम्ममा खुद नाफा ४ करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोहिअवधिको तुलनाभन्दा ५८ दशमलव ६३ प्रतिशतले वृद्धि गरेको छ । गत वर्षको सोहिअवधिमा नाफा २ करोड ६६ लाख कमाएको थियो ।

२६ करोड ९५ लाख रुपैयाँ चुक्ता पुँजी भएको लघुवित्तले जगेडाकोषमा ८ करोड ६८ लाख रुपैयाँ छुटाएको छ । लघुवित्तले निक्षेपमा १ अर्ब ११ करोड ३५ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा २ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ । गत वर्षको सोहिअवधिको तुलनाभन्दा ४० दशमलव ६० प्रतिशतले बढेको छ ।

लघुवित्तको खुद ब्याज आम्दानी ५० प्रतिशतले बढेर १३ करोड ५४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४६ दशमलव ३४ प्रतिशतले बढेर ६ करोड ८ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी वार्षिक २० दशमलव ९४ रुपैयाँ, मुल्य आम्दानी अनुपात २३ दशमलव ९३ गुणा, प्रतिशेयर नेटवर्थ १३२ दशमलव २१ रुपैयाँ , तरलता अनुपात ७ दशमलव ४३ प्रतिशत, निष्कृय कर्जा अनुपात शुन्य दशमलव ८८ प्रतिशत र जोखिम युक्त सम्पत्ति १३ दशमलव ३६ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।