logo

अदालतले साधारण सभा गर्न आदेश दिएपछि सनराइज बैंकले बोलायो साधारण सभा

    1382   पटक पढिएको

 

११ मंसिर / अर्थ र व्यापार - सनराइज बैंकले आगामी पुस ३ गते अमृतभोग क्याटरर्स, कालिकास्थानमा दशौँ वार्षिक साधारण सभा गर्ने भएको छ । उच्च अदालत पाटनले साधरण सभा स्थगित गर्न जारी गरेको आदेश खारेज गरी पाउँ भनि बैंकले दायर गरेको निवेदन उपर सुनुवाई गर्दै अदालतले साधारण सभा गर्ने बाटो खोलिदिएको हो । तर अदालतले बैंकलाई केही शर्त भने तोकेको छ ।

 
सञ्चालक चयनको विवाद अदालतसम्म पुगे पछि बैंकले यसअधि गत कात्तिक ३० गते बोलाएको साधारणसभा उच्च अदालतकै कात्तिक १९ गतेको आदेशबाट रोकिएको थियो । बैंकले कात्तिक १९ गते भएको आदेश खारेज गरी पाउँ भनि अदालतमा कात्तिक २७ गते निवेदन दायर गरेको थियो । सो निवेदन उपर सुनुवाई गर्दै अदालतको संयुक्त इजलासबाट मंसिर ७ गते पूर्ववत अन्तरिम आदेश खारेज गरिरहनु देखिन आएन भन्ने आदेशपछि बैंकले पुष ३ गते साधारण सभा गर्न लागेको हो । तर बैंकले अदालतको आदेश अनुसार यस साधारणसभाबाट संस्थापक शेयरधनीको समूहबाट संचालक निर्वाचन नगर्ने जनाएको छ । सभामा संस्थापक समूहको शेयरधनीबाट संचालक निर्वाचन गर्ने विषयलाई स्थगित गरी अन्य बाँकी प्रस्तावहरु भने पारित गरिनेछ । 

अदालतले संस्थापक  संचालकको निर्वाचन गर्ने बिषयलाई स्थगित गर्न आदेश गरेपनि बैंकले प्रकाशित गरेको साधारण सभामाको सूचनामा निर्वाचनका सबै कार्यक्रम स्थगित भएको उल्लेख गरिएको छ । बैंकले यस अघि बोलाएको साधारण सभाबाट बाफियाले गरेको व्यवस्था अनुसार ७ जना सञ्चालक चयन गर्दै थियो । ३ जना संस्थापक, ३ जना सर्वसाधारण र १ जना विशेषज्ञ सञ्चालक चयन गर्ने क्रममा संस्थापकतर्फको सञ्चालकका सम्बन्धमा उत्पन्न भएको विवाद अदातलसम्म पुगेको थियो ।

पुष ३ गते हुने बैंकको साधारणसभाले १५ प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताब समेत पारित गर्नेछ । बैंकले प्रस्ताव गरेको बोनसको सेयर मूल्य नेप्सेमा समायोजन भैसकेको छ । ७ अर्ब ८ करोड ९१ लाख ७९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको सनराईजको १५ प्रतिशत  १ अर्ब ६ करोड ३३ लाख ७६ हजार ८५० रुपैयाँ बोनसपछि ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५० रुपैयाँ पुग्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।