logo

सनराइज बैंकको विवाद चर्किए संचालक समिति नै भंग गर्ने राष्ट्र बैंकको चेतावनी

    1454   पटक पढिएको

४ असार / अर्थ र व्यापार - प्रमुख कार्यकारी अधिकृत नियुक्तीको विषयलाई लिएर चर्केको सनराइज बैंकको विवादले संचालक समिति नै भंग हुन सक्ने अवस्थामा पुगको छ । सनराइज बैंकको संचालक समितिको बैठकले निरज श्रेष्ठलाई असार २ देखि लागु हुने गरेर चारवर्षे कार्यकालको लागि सिइओ पदमा नियुक्त गरेको थियो ।

संचालकहरुको विरोध र सिइओ नियुक्ती प्रक्रिया संचालक समितिका अध्यक्ष मोतिलाल दुगडले एकल निर्णयबाट भएको भन्दै संचालक सैलेन्द्र गुरागाईँले सार्वजनिक रुपमा नै असन्तुष्टी जनाएका छन् ।असार २ गतेदेखि सिइओको कार्यभार समाल्नुपर्ने श्रेष्ठले संचालक समितिमा देखिएको विवादको कारण सिइओ नहुँने मनस्थिती बनाएका छन् । बैंकले नेप्सेलाई पत्र पठाएर तत्कालको लागि कामूको जिम्मेवारी आशा राणा अधिकारीलाई निरन्तरता दिने जनाएको छ ।

राष्ट्र बैंकले सनराइज बैंकमा भएको विवादलाई नजिकबाट हेरेको भन्दै विवाद साम्य नभएमा संचालक समितिनै भंग गर्न सक्ने सम्मको चेतावनी दिएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले सनराइजको संचालक समितिमा बरिष्ठ व्यक्तिहरु रहेको र आफ्नो प्रतिष्ठालाई ख्याल गरेर अगाडि बढ्नेमा आफुहरु विस्वस्त रहेको बताए । राष्ट्र बैंकले संचालक समितिका सदस्यलाई विवाद नमिलेमा संचालक समितिमा भंग गर्न सक्ने अनौपचारिक रुपमा चेतावनी दिएको छ । राष्ट्र बैंकले संचालक समिति भंग गर्नुपर्ने अवस्था आउन नदिनको लागि संचालकलाई सचेत गराएको छ ।

राष्ट्र बैंकलाई यसरी बैंक तथा वित्तीय संस्थामा विवाद बढ्दा बैंकको संचालक समिति भंग गर्ने अधिकार छ । यसरी राष्ट्र बैंकले व्यवस्थापन टोली नै खटाएर बैंकलाई अल्पकालिन रुपमा समाल्न सक्छ । विगतमा पनि विभिन्न बैंकमा राष्ट्र बैंकले संचालक समितिलाई भंग गरेर बोर्डमा नियन्त्रण लिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।