logo

सनराइज बैंकले ल्यायो बचतजस्तै सुविधा भएको नयाँ मुद्दति खाता, एक हजारमा खाता खोल्न सकिने

    1411   पटक पढिएको

२७ पुष / अर्थ र व्यापार - सनराइज बैंकले रिकरिङ्ग खाता संचालनमा ल्याएको छ। बचत खातामा जस्तै गरी यसमा रकम जम्मा गर्न सकिन्छ। व्याज मुद्दति खाता सरह पाइने छ।  आवश्यकता अनुसार १ देखि ५ वर्षका लागि बचत गर्न सकिने योजनामा दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मा गर्दै जान सकिने विज्ञप्तिमा उल्लेख छ। 

खाता खोल्दा न्युनतम बचत एक हजार रुपैयाँ र त्यसपछि एक पटकमा न्युनतम ५०० वा ५०० को गुणा का दरले जम्मा गर्दै जान सकिने छ।  बचत खाताको पैसा नियमित रुपमा मुद्दति खातामा जम्मा हुँदै जानेछ। मोवाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गबाट पनि पैसा जम्मा गर्न सकिने बैंकले जनाएको छ।  

खातामा पूर्व निर्धा्रितभन्दा बढी रकम ग्राहकको अनुकुलता अनुुसार पटक पटक गरि जम्मा गर्न सकिने छ। ब्याज त्रैमासिक रुपमा प्राप्त हुने छ। ब्याज आवश्यक पर्दा खातामा जम्मा भएको रकमको ९० प्रतिशतसम्म कर्जा लिन पाइने छ। 

खातामा फ्लोटिङ्ग व्याजदर लागु गरिएको छ जसले गर्दा बजारको उतार चढाव अनुसारको व्याज दर निर्धारण गर्न मद्दत पुग्दछ। उतार चढाव हुदाँ पनि व्याज प्राप्त हुनेछ। हाल बैंकले मुद्दति खातामा ९.२५ प्रतिशतमा थप आधा प्रतिशत व्याज प्रदान गर्दै आएको छ। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।