logo

सुधिर बस्नेतको श्रीमतीको नाममा रहेको ग्लोबल आईएमई बैंकको शेयर जफत गरी लिलामीमा

    1727   पटक पढिएको

२५ पुस /अर्थ र व्यापार - समस्याग्रस्त ओरेन्टल को-अपरेटिभका बचतकर्ताहरूलाई राहत हुने भएको छ । सरकारले गठन गरेको समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले को-अपरेटिभ संस्थाका तत्कालिन कर्मचारी नितु थापा बस्नेत (सुधिर बस्नेतको श्रीमती) को नाममा रहेको ग्लोबल आईएमई बैंकको शेयर जफत गरी लिलामीमा ल्याएपछि बचतकर्तालाई राहत पुग्ने भएको हो ।   

ऋण असुली न्यायधीकरणले बस्नेतको नाममा रहेको ग्लोबल आईएमई बैंकको संस्थापक १ लाख ३६ हजार २३३ कित्ता र साधारण तर्फको ५० हजार ८७ कित्ता शेयर लिलामी ल्याएको हो । बैंकको संस्थापक तर्फको शेयरमा न्युनतम १८० रूपैयाँ र सर्बसाधारण तर्फको शेयरमा न्युनतम २७२ रूपैयाँमा बोलपत्र पेश गर्न सकिनेछ ।

बैंकको संस्थापक र साधारण शेयर लिलामी पश्चात आउने न्युनतम तीन करोड ८२ लाख २७ हजार २०४ रूपैयाँ ओरेन्टल कोअपरेटिभका बचतकर्ताहरूलाई वितरण गरिनेछ । तर सहकारीमा ११ हजार भन्दा बढी बचतकर्ताका साढे ५ अर्ब भन्दा बढी बचत फसेको छ ।

बैंकको शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ३ हजार रूपैंयाँको फारम खरिद गरेर माघ १० गते भित्र ऋण असुली न्यायाधिकरणको कार्यालयमा बोलपत्र पेश गर्न सकिनेछ । लिलामी शेयरमा बोलपत्र पेश गर्न चाहनेले शेयरको १० प्रतिशत रकम धरौटी पहिले नै बुझाउनु पर्ने न्यायाधीकरण कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।