logo

सिद्धार्थ इन्स्योरेन्सले मुनाफा बाँड्न सकेन, २४ करोड रुपैयाँ कोषमा जम्मा गर्ने

    1675   पटक पढिएको

४ फागुन / अर्थ र व्यापार - सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको सञ्चालन मुनाफाबाट आर्जन गरेको २४ करोड भन्दा बढि खूद नाफा वितरण नगर्ने निर्णय गरेको छ । सो बीमा कम्पनीको एनएफआरएस मापदण्डको वित्तीय विवरणका लागि कोषमा रकम कम भएपछि गत आर्थिक वर्षको सबै मुनाफा कोषमै जम्मा गर्ने निर्णय गरेको हो । कम्पनीले नेपाल वित्तीय मान लागू गरेका कारण गत आवको मुनाफा वितरण गर्न नसकेको हो ।

गत माघ १५ गते अपरान्ह ४ बजे बसेको सञ्चालक समितको १५५ औं बैठकले आर्थिक वर्ष २०७५।०७६ को कारोबारबाट आम्दानी गरेको २४ करोड ४७ लाख ३४ हजार ३९ रुपैयाँ खूद मुनाफा यस पटक विवतरण नगर्ने र नेपाल वित्तीय प्रतिवेदन मान अनुरुपको कोषमा राख्ने निर्णय समेत गरेको हो । सोही बैठकपछि त्यसको भोलिपल्ट माघ १६ गते नेपाल स्टक एक्सचेन्जलाई पत्राचार गर्दै गत आर्थिक वर्षको मुनाफा वितरण नगर्ने जानकारी गराएको देखिएको छ ।

सिद्धार्थ इन्स्योरेन्सका कम्पनी सचिव सुदर्शन आचार्यका अनुसार बीमा समितिले लागू गरेको एनएफआरएस वित्तीय विवरण मान अनुसार कम्पनीले गत आर्थिक वर्षको मुनाफा वितरण गर्न नसकेको हो । नयाँ व्यवस्था अनुसार कतिपय बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफा वितरण गर्न सक्ने अवस्थामा नरहेको बताइन्छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।