logo

सिद्धार्थ बैंकद्वारा प्लाटिनम बचत खाता सञ्चालनमा

    1075   पटक पढिएको

१३ चैत्र /अर्थ र व्यापार  - सिद्धार्थ बैंकद्वारा प्लाटिनम बचत खाता सञ्चालनमा ल्याइएको छ । ग्राहकहरुको माग बमोजिम नविनतम् वित्तीय सेवाहरु सरल र सहजरुपमा उपलब्ध गराउन विभिन्न आकर्षक सुविधासहित नयाँ बचत खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

नयाँ खाता खोल्दा सिद्धार्थ बैंकको डेविट कार्ड प्रयोग गरी देशभर रहेका जुनसुकै बैंकको एटीएमबाट रकम झिक्दा अतिरिक्त शुल्क लाग्नेछैन । यस्तै देशभर रहेका ४५ भन्दा बढी यूएनओ साझेदार केन्द्रहरुमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने यूएनओ क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराइने बैंकले जानकारी दिएको छ ।

प्लाटिनम खातावालले ६ दशमलब ५ प्रतिशत वार्षिक ब्याजदर पाउने छन् । नयाँ खाता बैंकका देशभर रहेका १४६ शाखाहरुबाट वा अनलाइनबाट खोल्न सक्ने बैंकले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।