logo

सानिमा थ्री इन वन खातामा अनलाईनबाटै शेयर कारोबार गर्न सकिने

    1563   पटक पढिएको

६ माघ / अर्थ र व्यापार - सानिमा बैंकले सानिमा क्यापिटलको सहकार्यमा नेपालमै पहिलो पटक थ्री इन वन खाता सञ्चालमा ल्याएको छ । यो खाता सञ्चालनमा आएसँगै हालसम्म तीन हजार भन्दा बढी ग्राहकले यस खाता मार्फत् शेयर कारोबार गरिरहेको बैंकले जनाएको छ ।

थ्री इन वन खातामा बचत खाता, लगानीखाता र डिम्याट खाताको सुविधा हुन्छ । सानिमा बैंक र सानिमा क्यापिटलले संयुक्त रूपमा संचालनमा ल्याएको यस खातामा ग्राहकहरूले अनलाइन मार्फत् दोश्रो बजारबाट शेयर खरिद बिक्री गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पुराना ग्राहकले बैंकको वेभसाइटमा थ्रि इन वन मा गएर आवश्यक विवरण भरी आवेदन दिनुपर्नेछ । अनलाइन मार्फत् आवेदन दिएपछि ग्राहकले दिएको इमेलमा आवेदन प्राप्त भएको जानकारी पाउन सकिनेछ ।

त्यसपछि ग्राहकले एक पटक बैंकको नजिकैको शाखामा पुगेर KYC  भरेपछि डिम्याट खाता इमेल मार्फत प्राप्त गर्न सकिन्छ । अनलाइनमार्फत user ID  को  credential  प्राप्त भएपछि ग्राहकले आफै शेयर कारोबार गर्न बैंकले जनाएको छ । 

बैंकका अनुसार लगानीको लागि इच्छुक, व्यस्त कामकाजी तथा कामको सिलसिलामा भ्रमण गर्ने वा विदेश बसेका नेपालीले शेयर खरिद बिक्रीका लागि यो योजना निकै उपयोगी रहेको छ । साथै अनलाईन मार्फत् आफ्नो अनुकुल र छोटो समयमै शेयर खरिद बिक्री पनि गर्न सकिने बैंकको भनाई छ ।

एक पटक खाता खोलेर हस्ताक्षर प्रमाणीकरण भइसकेपछि हरेक कारोबारका लागि बैंक वा शेयर बजारका ब्रोकरकोमा धाउनुपर्ने अवस्थाबाट छुटकारा पाइने बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।