logo

चार बैंकको बोनस पछिको शेयरमुल्य समायोजन, समायोजन गरेको शेयरमूल्यका आधारमा सोमबार शेयर कारोबार हुदै

    1372   पटक पढिएको

१६ पुस /अर्थ र व्यापार  - नेपाल स्टक एक्सचेञ्जमा सोमबार चार कम्पनीको बोनसपछि शेयरमूल्य समायोजन भएको छ । हिमालयन बैंक, मेगा बैंक, पूर्णिमा विकास बैंक र महुली सामुदायिक लघुवित्तको बोनसपछि सोमबार शेयरमूल्य समायोजन भएको हो । सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको बोनसका लागि बुकक्लोज गरेसँगै एकैदिन नेप्सेमा एकैदिन धेरैवटा कम्पनीको शेयरमूल्य समायोजन हुन थालेको छ । नेप्समा आइतबार पनि ६ वटा कम्पनीको बोनसको बुकक्लोजसँगै शेयरमूल्य समायोजन भएको थियो ।

हिमालयन बैंक (HBL) को ५ प्रतिशत बोनस शेयर पश्चात आइतबार नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । बैंकको ५ प्रतिशत बोनसपछि बैंकको समायोजित शेयरमूल्य प्रतिकित्ता ४८९ रुपैयाँ ५२ पैसा कायम भएको छ । नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा बैंकको औसत आधार मूल्य ६७४ रुपैयाँ २६ पैसा निर्धारण भएको नेप्सेले जनाएको छ ।

त्यस्तै मेगा बैंक (MEGA) को १.००२३३ प्रतिशत बोनस शेयर पश्चात मूल्य समायोजन भएको छ । बैंकको बोनसपछि प्रतिकित्ता १८० रुपैयाँ १९ पैसामा शेयरमूल्य समायोजन भएको हो । नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा बैंकको औसत आधार मूल्य २१७ रुपैयाँ ६० पैसा कायम भएको छ ।

त्यसैगरि पूर्णिमा विकास बैंक (PURBL) को ५ प्रतिशत बोनस पश्चात प्रतिकित्ता १५९ रुपैयाँ ०५ पैसामा शेयरमूल्य समायोजन भएको छ । यस विकास बैंकको औसत आधार मूल्य २२६ रुपैयाँ ५२ पैसा रहेको नेप्सेले जनाएको छ । सोमबार महुली सामुदायिक लघुवित्त (MSLB) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १५ प्रतिशत बोनसको बुकक्लोजसँगै शेयरमूल्य समायोजन भएको छ । नेप्सेले महुलीको २० प्रतिशत बोनस शेयर समाोजन पश्चात पश्चात प्रतिकित्ता १२८३ रुपैयाँ ३३ पैसामा शेयरमूल्य समायोजन भएको हो । नेप्सेका अनुसार लघुवित्तको १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा औसत आधार मूल्य १२१५ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ ।

बोनसमा शेयरमूल्य समायोजन भएको चारवटै कम्पनीको नेप्सेले समायोजन गरेको शेयरमूल्यका आधारमा सोमबार शेयर कारोबार खुलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।