logo

पहिलो त्रैमासमै एसबीआईको नाफा ४८ करोड ५३ लाख ६३ हजार रुपैयाँ, लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    1275   पटक पढिएको

१७ पुस/ अर्थ र व्यापार  - नेपाल एसबिआई बैंक (SBI) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १५.७९ प्रतिशत लाभांश सुरक्षित गर्ने पुस १७ गते मंगलबार अन्तिम दिन रहेको छ । बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएकाले बैंकको लाभांश पाउन मंगलबारसम्म शेयरधनी कायम हुनुपर्छ ।

बैंकले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि बैंकले पुस १८ गते बुधबारदेखि बुकक्लोज गर्ने भएकाले मंगलबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् । पुस १६ गते सोमबार बैंकको शेयरमूल्य प्रतिकित्ता ४२० रूपैयाँमा कारोबार भएको छ ।
बैंकले पुस ३० गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा आह्वान गरेको साधारण सभाले गत आवको नाफाबाट सञ्चालक समितिले शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ५ प्रतिशत बोनस र १०.७९ प्रतिशत नगद लाभांश (४० करोड २३ लाख ४५ हजार २६३ रुपैयाँको बोनस र ८६ करोड ८२ लाख १८ हजार ७२५ रुपैयाँ नगद लाभांश) अनुमोदन गर्नेछ ।

हाल ८ अर्ब ४ करोड ६९ लाख ०५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको पाँच प्रतिशत अर्थात ४० करोड २३ लाख ४५ हजार २५० रुपैयाँ बोनस पश्चात ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एसबीआईले ४८ करोड ५३ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।