logo

आरएमडिसी लघुवित्तद्वारा वित्तीय विवरण सार्वजनिक

    2460   पटक पढिएको

१३ बैशाख /अर्थ र व्यापार - आरएमडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले जारी गरेको विवरण अनुसार तेस्रो त्रैमासको अवधिमा २४ करोड ४४ लाख ४८ हजार नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा १८ करोड ६ लाख ७७ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको भन्दा यो आवको सोहि अवधिमा संस्थाको नाफा ३५.२९ प्रतिशतले बढेको छ ।

संस्थाको नाफा बढनुमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाले सहयोग गरेको देखिए छ । संस्थाको खुद ब्याज आम्दानी गत आवको भन्दा २०.२२ प्रतिशतले बढेर ३४ करोड ८९ लाख ४० हजार रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा २९ करोढ २ लाख ४२ हजार रुपैयाँ पुगेको छ । यस्तै संस्थाको सञ्चालन मुनाफा गत आवको सोहि अवधिको भन्दा २२.१३ प्रतिशतले बढेर ३४ करोढ ६६ लाख ८९ हजार रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमासमा २८ करोड ३८ लाख ५९ हजार रुपैयाँ रहेको थियो । ७९ करोड ९३ लाख ९८ हजार रुपैयाँ चुक्ता पुँजी भएको संस्थाको जगेडा कोषमा १ अर्ब ५२ करोड ८७ लाख ४ हजार रुपैयाँ रहेको छ । ६ अर्ब ४२ करोड १२ लाख ७ हजार रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ७६ करोड ९७ लाख १ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । कुनै पनि खराब कर्जा नभएको संस्थाको प्रति सेयर आम्दानी ४० रुपैयाँ ७७ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ २९१ रुपैयाँ २३ पैसा रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।