logo

तीन महिनामै पौने चार करोड फाइदामा रिलायन्स लाइफ

    1650   पटक पढिएको

 

२१ कात्तिक/अर्थ र व्यापार–  रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ३ करोड ७३ लाख नाफा गरेको छ ।

पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले गत आवको पहिलो तीन महिनाको तुलनामा ६२.४३ प्रतिशतले बढी नाफा कमाएको हो । 

कम्पनीले गत आवको पहिलो तीन महिनामा १ करोड ८५ लाख १४ हजार नाफा गरेको थियो । कम्पनीको खुद बीमा शुल्क रकम बढेपछि नाफा बढ्न पुगेको हो । 

कम्पनीको खुद बीमा शुल्क रकम गत आवको सोही अवधिको तुलनामा ९२ प्रतिशत बढेको छ । गत आवको सोही अवधिमा २४ करोड २३ लाख ३७ हजार खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस अवधिमा ४६ करोड ५२ लाख ३० हजार आर्जन गरेको छ । 

कम्पनीले भदौमा सर्वसाधारणलाई सेयर जारी गरी चुक्ता पुँजी २ अर्ब १० करोड कायम गरेको छ । कम्पनीको जगेडा कोषमा  १७ करोड ३० लाख १३ हजार संचित छ ।

कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ३९ करोड ५६ लाख रूपैयाँ छ । भने कम्पनीको महाविपत्ति जगेडा कोषमा १ करोड ९२ लाख २४ हजार छ । 

यस अवधिमा कम्पनीले ४ हजार १ सय ३८ बीमालेख जारी गरी ४८ करोड २८ लाख २८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। हालसम्म कम्पनीको  कुल बीमा शुल्क आर्जन २ अर्ब ७२ करोड ४१ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा कम्पनीले ६ करोड ६६ लाख ५३ हजार रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । भुक्तानी हुन बाँकी ४ दाबीवापतको ४७ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । 

हाल कम्पनीको प्रति सेयर आम्दानी ५.७३ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १०९.१५ रुपैयाँ छ । मूल्य आम्दानी अनुपात १०४.७५ गुणा रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।