logo

राष्ट्रिय वाणिज्य बैंकको दरबारमार्गबाट सेफ डिपोजिट लकर सेवा सञ्चालन

    1787   पटक पढिएको

२ जेठ /अर्थ र व्यापार - राष्ट्रिय वाािणज्य बैंकको शाखा कार्यालय दरबारमार्गबाट बुधबारबाट सेफ डिपोजिट लकर सेवा सञ्चालन भएको छ  । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सो लकर सेवाको उद्घाटन गरेका थिए । प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रथम लकर सेवा संचालक गिता थापा मगरलाई लकरको सांचो प्रदान गर्दै लकर सेवा शुरुवात गरेका हुन । 

हाल करिब तीन हजार वटा लकर सेवा शाखाले संचालनमा ल्याएको छ । लकर सेवाको वार्षिक भाडा दर एक हजार पांच सय देखि तिन हजार रुपैंया सम्म पर्ने छ । महालक्ष्मी बचत खाता हुनेलाई वार्षिक भाडामा २५ प्रतिशत छुट दिइनेछ । बैंककले काठमाडौं उपत्यकामा मूख्य शाखा कार्यालय विशालबजार, कर्पोरेट शाखा, बानेश्वर शाखा, पुल्चोक शाखा, नक्साल शाखाबाट लकर सेवा संचालन गरिरहेको छ ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकरी अधिकृत टेकराज जोशी, नि.विभागीय प्रमुख राज्य लक्ष्मी खड्गी, प्रदेश नम्बर ३ का नि.प्रमुख सोनी श्रेष्ठ, शाखा कार्यालय दरबारमार्गका प्रबन्धक रामकुमार थापा लगायतको उपस्थिती रहेको थियो ।  बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २१९ वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।