logo

सरकारपछि राष्ट्र बैंकको दादागिरि : क्षेत्राधिकार बाहिर गएर  सामाजिक कोषमा दर्ता हुन निर्देशन

    1154   पटक पढिएको

२५ मंसिर / अर्थ र व्यापार -  पाइरहेकोभन्दा धेरै हदसम्म सुविधा कटौती हुने भएपछि सामाजिक सुरक्षा कोषमा जान बैंकर अनिच्छुक देखिएका बेला सरकारले राष्ट्र बैंकमार्फत दबाब दिएको छ।

राष्ट्र बैंकले पनि आँफूसँग असम्बन्धित बिषयमा बुधबार निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा दर्ता हुन भनेको छ। बराबरी योगदान गरेपनि सरकारीले चार गुणा सुविधा पाउने तर निजीका हकमा पाइरहेको सुविधा पनि काट्टिने भएपछि बैंकरहरु कोषमा दर्ता हुन गएका थिएनन्। बैंकर नगएपछि राष्ट्र बैंकमार्फत जानका लागि बाध्य पारिएको छ।

’राष्ट्र बैंकले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निर्देशन जारी गरेको छ’ एक बैंकरले भने, ’सरकारको दादागिरिमा राष्ट्र बैंकले सघाएको छ।’ सरकारले ऐन जारी गरेर सामाजिक सुरक्षा कोषमा जानै पर्ने ब्यवस्था गरेको छ। कर्मचारीले समान योगदान गरेपनि प्रतिफल भने असमान दिने नीति सरकारको छ। बैंकरले सरकारी कर्मचारी सरह नै सुविधा पाउनु पर्ने भन्दै कोषमा दर्ता हुन आनाकानी गर्दै आएका थिए।

राष्ट्र बैंकले मिति नतोके पनि अनिवार्य रुपमा सूचीकरण हुन निर्देशन दिएको हो। ’बैंकरले आफ्ना सबै तहका कर्मचारीलाई सामाजिक सुरक्षा दिँदै आएका छन्। त्यसवाहेक अन्य सुविधा पनि दिइरहेका छन्’ ती बैंकरले भने, ’तर पाइरहेको सुविधा पनि खोस्ने गरी दर्ता हुन राष्ट्र बैंकले निर्देशन दिएको छ। जबकी यस बारेमा बोल्ने अधिकार राष्ट्र बैंकलाई छैन।’

राष्ट्र बैंकका अधिकारीहरुले भने अर्थमन्त्री डा. युवराज खतिवडामार्फत तारन्तार दबाब आएकाले निर्देशन जारी गर्न वाध्य हुनु परेको बताएका छन्। ’बैंकका कर्मचारी अन्यायमा परेको भए हामीले भन्ने कुरा आउँथ्यो’ ती अधिकारीले भने, ’अवस्था त्यस्तो पनि छैन। तर यहाँ मौखिक दबाबले धेरै काम गरेको छ।’
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।