logo

वाणिज्य बैंकहरुको खुद नाफा ३२ दशमलव १४ प्रतिशतले बढ्यो 

    1357   पटक पढिएको

२३ साउन / अर्थ र व्यापार – आर्थिक वर्ष ०७३/७४ मा वाणिज्य बैंकहरूको खुद नाफा बढेको देखिएको छ । हालसम्म अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका ११ वाणिज्य बैंकहरूको तथ्यांक हेर्दा सो अवधिमा बैंकहरूको नाफा ३२ दशमलव १४ प्रतिशतले बढेको छ । अघिल्लो आवमा १३ अर्ब ८२ करोड खुद मुनाफा गरेका यी ११ बैंकहरूले गत आवमा १८ अर्ब २७ करोड मुनाफा कमाएका छन् । बैंकहरूको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि खुद नाफा पनि बढेको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा प्रभु बैंकले सबैभन्दा धेरै नाफा बढाउन सफल भएको छ । सो अवधिमा बैंकले ५२ दशमलव ६० प्रतिशत नाफा बढाउन सफल भएको देखिन्छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै १ अर्ब ७२ करोड खराब कर्जा संकलन गर्न सफल भएपछि बैंकको खुद नाफा बढेको हो । 

रकमका आधारमा भने नबिल बैंक अगाडि देखिएको छ । नबिल बैंकले गत असार मसान्तसम्ममा ३ अर्ब ६२ करोड खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २८ दशमलव ४३ प्रतिशत बढी हो । सिटिजन्स बैंकको नाफा सो अवधिमा १२ दशमलव शून्य १ प्रतिशत मात्र बढेको छ भने सन्राइज बैंकले १ अर्ब १६ करोड खुद नाफा कमाएको छ ।

गत असार मसान्तमा बैंकहरूको सञ्चालन मुनाफा ३४ दशमलव ९६ प्रतिशत बढेको छ । अघिल्लो आवको असार मसान्तमा १७ अर्ब ५७ करोड सञ्चालन मुनाफा आर्जन गरेको बैंकहरूले गत आवमा २३ अर्ब ७१ करोड नाफा आर्जन गरेको छ । एनएमबि बैंकको नाफा सो अवधिमा सबैभन्दा धेरै ५९ दशमलव ८५ प्रतिशत बढेको छ । 

त्यस्तै सबैभन्दा कम सिद्धार्थ बैंकको सञ्चालन मुनाफा ११ दशमलव ९५ प्रतिशत मात्र बढेको छ । रकमका आधारमा नबिल बैंकले सो अवधिमा सबैभन्दा धेरै ५ अर्ब ४६ करोड सञ्चालन मुनाफा आर्जन गरेको छ भने सिटिजन्स बैंकको नाफा सबैभन्दा कम १ अर्ब २४ करोड आर्जन गरेको छ ।

११ वाणिज्य बैंकहरूको खुद ब्याज आम्दानी गत असार मसान्तसम्ममा २६ दशमलव १७ प्रतिशत बढेको छ । सन्राइज बैंकको ब्याज आम्दानी सो अवधिमा सबैभन्दा धेरै ४५ दशमलव ८३ प्रतिशत र सिटिजन्स बैंकको सबैभन्दा कम ८ दशमलव शून्य ६ प्रतिशत बढेको छ । नबिल बैंकले सो अवधिमा ५ अर्ब ४५ करोड ब्याज आम्दानी गर्न सफल भएको छ भने सिटिजन्स बैंकले १ अर्ब ७५ करोड ब्याज आम्दानी गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।