logo

प्राइम बैंकद्वारा एघारौं वार्षिक साधारणसभा आह्वान

    1260   पटक पढिएको

२ जेठ /अर्थ र व्यापार - प्राइम बैंकले जेठ २६ गते एघारौं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले साधारणसभामा यस अगाडि घोषणा गरेको १६ प्रतिशत बोनस शेयरको प्रस्ताव लैजाने भएको छ ।

बैंकले संस्थापकतर्फबाट तीनजना र सर्वसाधारणबाट दुई जना संचालकको निर्वाचन, मनोनयन वा नियुक्त गर्ने प्रस्ताव साधारणसभामा पेश गर्दै छ । बैंकले अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सन्दर्भमा आवश्यक प्रक्रियाका लागि सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ । बैंकले यस अगाडि ओम डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने सहमति गरेर कुरा नमिल्दा मर्जर प्रक्रिया नै भाँडिएको थियो ।

बैंकको प्रस्ताव गरेको बोनस शेयर पश्चात चुक्ता पूँजी ९ अर्ब ३१ करोड रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब तीन करोड रुपैयाँ छ । बैंकले एक अर्ब २८ करोड रुपैयाँ बोनस शेयरबाट पूँजी थप्ने भएको हो । वर्तमान अधिकृत पूँजी १० अर्ब रुपैयाँलाई बढाएर २२ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव अगाडि सारिएको छ ।

बैंकले साधारणसभा प्रयोजनका लागि जेठ ९ गतेदेखि बुक क्लोज गर्ने भएको छ । जेठ ८ गतेसम्म कायम शेयरधनीहरुले बोनस शेयर पाउनुकासाथै साधारणसभामा भाग लिन सक्ने छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।