logo

प्राइम बैंक र ओम डेभलपमेन्ट बैंक मर्जर नहुने पक्का

    1630   पटक पढिएको

१३ बैशाख /अर्थ र व्यापार - प्राइम बैंक र ओम डेभलपमेन्ट बैंक मर्जर नहुने पक्का भएको छ । गत भदौ ३ गते भएको एक्विजिसन सम्बन्धी समझदारी आजदेखि विधिवतरुपमा तोडिएको हो । नियामक नेपाल राष्ट्र बैंकले बैशाख १३ अर्थात् आजसम्म मिलेर आउन निर्देशन दिएको थियो । तर, यी दुई बैंकबीच मिल्ने विषयमा कुनै छलफल नै भएन । दुबै बैंकलाई अब राष्ट्र बैकले कारबाही प्रक्रिया अघि बढाउने छ ।

राष्ट्र बैंकको विनियमावली अनुसार लाभांस बाँड्न नदिने, शाखा बिस्तारमा रोक लगाउने, सञ्चालक तथा माथिल्लो ब्यवस्थापनलाई जरिवाना वा अन्य कारवाही गर्न सक्ने र अन्य बैंकमा जागिर खान जान नदिनेसम्मको कारबाही हुनसक्छ । स्रोतका अनुसार राष्ट्र बैंकले दुबै बैंकलाई कारबाही स्वरुप ५ लाख रुपैयाँ तिराउने तयारी गरेको छ । त्यसैगरी, लाभांस बाँड्न नदिने, शाखा बिस्तारमा रोक लगाउने लगायतका कारबाही पनि गर्नेछ । र, दुबैलाई मर्जरमा जान तीब्र दबाब दिने भएको छ ।

कर्मचारी समायोजन, सञ्चालक समितिमा प्रतिनिधित्व र मूल्यमा कुरा नमिलेपछि यी दुई बैंकबीचको एक्विजिसन प्रक्रिया अवरुद्ध भएको हो । दुबै बैंकका प्रतिनिधिले एकअर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन् । प्राइम बैंकका अधिकारीहरु ओमले मागेका सबै शर्त पूरा गर्न आफूहरु तयार हुँदा हुँदै पनि उ एक्कासी प्रक्रियाबाट भाग्न खोजेको आरोप लगाएका छन् । उता ओमका अधिकारीहरु भने प्राइमले कुनैपनि प्रक्रिया अघि नबढाएको र ओमलाई अबमूल्यन गरेको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।