logo

पहिलो त्रैमासमा प्रभु बैंकको नाफा ३५.२५ प्रतिशतले बढ्यो, कमाए ८५ करोड रुपैयाँ

    1838   पटक पढिएको


२७ कात्तिक/अर्थ र व्यापार– प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८५ करोड रुपैयाँ नाफा कमाएको छ । 

बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा गत आवको यसै अवधिको तुलनामा ३५.२५ प्रतिशतले बढेको हो ।

खुद ब्याज आम्दानी र संचालन नाफा दुवै बढ्नुका साथै खराब कर्जा समेत घटेकाले बैंकको नाफामा बृद्धी भएको हो । 

अघिल्लो आवको पहिलो त्रैमासमा बैंकले ६२ करोड ८४ लाख नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा २०.४१ प्रतिशत बढेर चालु आवको पहिलो त्रैमासमा एक अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।

साथै, संचालन नाफा पनि समीक्षा अवधिमा ४०.४९ प्रतिशत बढेर एक करोड २५ लाखमाथि पुगेको छ । यस अवधिमा बैंकले खराब कर्जा (एनपीएल) ०.६५ प्रतिशतले घटेको छ । पोहोर ३.३२ प्रतिशत रहेको खराब कर्जा यस पछिल्लो त्रैमासमा २.६७ प्रतिशतमा ओर्लिएको छ । यसमा वितरणयोग्य नाफा १७ करोड ५६ लाख रुपैयाँ रहेको सार्वजनिक विवरणले देखाएको छ ।  

गत असोज मसान्तसम्ममा बैंकको निक्षेप एक खर्ब ३३ अर्ब नाघेको छ । यो गत आवको समान अवधिको भन्दा ३.५४ प्रतिशतले बढेको हो । यस्तै, प्रभुले यस अवधिमा कर्जा प्रवाह १६.७५ प्रतिशतले बढाएर एक खर्ब १६ अर्ब पु¥याएको छ । 

हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ छ भने जगेडा कोषमा ४ अर्ब ३० करोड र अवितरित आय (रिटेन्ड अर्निङ) एक अर्ब ४० करोड रुपैयाँ सञ्चित छ । 

बैंकको प्रतिसेयर आम्दानी ३२.९६ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १५५.३० रुपैयाँ छ । हाल यसको आम्दानीको तुलनामा मूल्य (मूल्य आम्दानी अनुपात) ७.२२ गुणा रहेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।