logo

प्रभु बैंकको नाफामा ५८ प्रतिशतले वृद्धि

    1003   पटक पढिएको

२२ बैशाख /अर्थ र व्यापार - प्रभु बैंकले चालु आर्थिक वर्षको ९ महिनामा गत वर्षको तुलनामा ५८ प्रतिशतले नाफा बढाएको छ । बैंकले ९ महिनाको अवधिमा एक अर्ब ४५ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्षको यहि अवधिमा ९१ करोड ७० लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले खराब कर्जा सल्टाएर नेचुरल ग्रोथ गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए।बैंकले पूँजी वृद्धि योजनापछि शाखा विस्तारसँगै साना कर्जामा केन्द्रित हुँदा राम्रो नाफा गर्न सफल भएको शेरचनले बताए । बैंकले गत वर्षको तुलनामा ३५ प्रतिशतले व्याज आम्दानी बढाएको छ भने व्याज खर्च १७ प्रतिशत मात्रै बढेको छ । ९ महिनाको अवधिमा ८ अर्ब एक करोड रुपैयाँ व्याज आम्दानी गरेको छ भने व्याज खर्च चार अर्ब ६४ करोड रुपैयाँ छ ।

निक्षेप संकलन र ऋण लगानीमा सन्तुलन कायम गरेको बैंकले निक्षेप संकलन २२ प्रतिशलते बढाउँदा ऋण लगानी २१ प्रतिशतले वृद्धि गरेको छ । बैंकले ९ महिनाको अवधिमा एक खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ८९ अर्ब ९३ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकको आधार व्याजदर १.५५ प्रतिशतले घटेर ९.१६ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकको व्याजदर गणना विधि र गैर व्यावसायिक कर्जाको धेरै हुँदा आधार व्याजदर तुलनात्मक रुपमा घट्न सफल भएको बैंकले जनाएको छ । बैंकिङ तरलताको समस्या धेरै हुँदा अवका दिनमा बैंकले निक्षेप संकलन तथा ऋण लगानी भन्दा फरक क्षेत्रमा आफ्नो व्यवसाय केन्द्रित गरेको शेरचनले जानकारी दिए ।

आगामी दिनमा बैंकले शाखा विस्तारलाई ध्यान दिदै आफ्नो सेवाको क्षेत्र विस्तार गर्ने योजना बनाएको छ । धितोपत्र मूल्याङ्कनका आधामा मात्रै कर्जा प्रवाह गर्ने भन्दा पनि प्रोजेक्टका आधारमा कर्जालाई विस्तार गर्ने उनले बताए । बैंकले गत वर्षको१.४८ प्रतिशतले खराव कर्जा घटाउदै २.४२ प्रतिशतमा झारेको छ । गत वर्षको यहि अवधिमा बैंकको खराव कर्जा ३.९० प्रतिशत थियो। ०.४७ प्रतिशतले स्प्रेड दर बढ्दा बैंकको नाफामा उल्लेख्य सुधार भएको छ । चैत मसान्त सम्ममा बैंकको स्प्रेड दर ४.८८ प्रतिशत रहेको छ । अवको तीन महिनामा बैंकले उक्त स्प्रेडलाई ४.५ प्रतिशतमा झार्नु पर्नेछ ।

प्रतिशेयर आम्दानी ८ रुपैयाँले बढेर २३ रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब २३ करोड रुपैयाँ छ भने जगेडामा ५ अर्ब ७७ करोड रुपैयाँ जम्मा भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।