logo

सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई दोहोरो कर नलाग्ने, सस्तो व्याजमा एक करोडसम्म कर्जा

    1402   पटक पढिएको

 ४ मंसिर / अर्थ र व्यापार -  सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको आकर्षण बढाउन योगदानकर्ताले पाउने सुविधा वृद्धि गर्न लागिएको छ । योगदानकर्तालाई दोहोरो करबाट मुक्ति दिने, योगदानकर्ताको परिवार सदस्यहरुको पनि स्वास्थ्य बीमा गराउने, पुराना कम्पनीका कर्मचारीले पाउने उपदान वा अन्य सुविधामा कमी हुन नदिने गरी विद्यमान  तयारी भईरहेको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले बताएका छन् ।

योगदानकर्तालाई सुविधा बढाउँदै लैजाने उदेश्यका साथ कोषले योगदानकर्तालाई ३ प्रकारको कर्जा दिन थालेको छ । एउटा व्यक्तिलाई बढीमा एक करोड वा १५ महिनाको तलव बराबरको रकम कर्जा दिइने उनले जानकारी दिए । यस्तो कर्जा धितो राखेर प्रवाह गरिने र कर्जाको व्याज बैंकले लिने चलनचल्तीको भन्दा केही कम हुने उनले जानकारी दिए ।

कोषले योगदान कर्तालाई घर कर्जा ७५ लाख रुपैयाँ, शैक्षिक कर्जा ३५ लाख रुपैयाँ र सामाजिक सुरक्षा कर्जा ५ लाख रुपैयाँसम्म दिने व्यवस्था गरेको छ । ‘एउटै व्यक्तिले तीनै प्रकारको कर्जा लिन पाउँछन् । तीन प्रकारका कर्जा लिँदा १ करोड भन्दा बढी दिइन्न’–ज्ञवालीले भने(‘शैक्षिक कर्जा योगदानकर्ताको छोराछोरी वा श्रीमतीको थप शिक्षाको लागि पनि लिन सकिन्छ।’

योगदानकर्ताको आयमा दोहोरो कर लाग्ने लगायतका समस्या समाधान गर्ने तयारी भईरहेको र नियमहरुमा आवश्यक संशोधनको लागि फाइल मन्त्रिपरिषद्मा पुगेको उनले जानकारी दिए । ‘कोषमा जम्मा भएको पैसा ६० वर्ष उमेर पुरा भएपछि मात्र भिक्न पाइने, उच्च आम्दानी भएको व्यक्तिको आयमा पनि कर लाग्ने र सामाजिक सुरक्षा कोषबाट पैसा झिक्दा पनि कर लाग्ने, यसअघि नै उपदानको व्यवस्थासहित सञ्चालनमा रहेका विभिन्न कम्पनीका पुराना कर्मचारीहरुलाई सामाजिक कोषमा आउँदा हुन सक्ने नोक्सानी लगायतका विषयमा असन्तुष्टिको आवाज आएका छन् । योगदानकर्ताको तर्फबाट उठेका उचित माग सम्बोधन हुँदै जानेछन्’ उनले भनेका छन् ।

हाल योगदानकर्ताको मात्र स्वास्थ्य बीमा मात्र हुने गरेकोमा योगदानकर्ताको परिवारका सदस्यहरुको पनि स्वास्थ्य बीमा गर्ने तयारी भएको कार्यकारी निर्देशक ज्ञवालीले बताए । यसको लागि बीमाङ्कीय मूल्याङ्कन गराउने र त्यसको रिपोर्टका आधारमा नयाँ निर्णय लिइने उनले जनकारी दिए ।


सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन स्थायी लेखा नम्बर अनिवार्य चाहिने भएकोले जाइका, डीएफआईडी, यूएसएड प्यान नहुने संस्थालाई पनि सूचिकृत गर्न सक्ने गरि नियमहरु संशोधन गर्न लागिएको उनले बताएका छन् । किराना पसल, पान पसल, तरकारी बिक्रेता लगायत स्वारोजगार व्यवसाय सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने प्रयास दोस्रो चरणमा हुने उनले बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।