logo

एनएमबि बैंकद्धारा ‘एनएमबि सापटी’ प्रणाली सुरु

    1647   पटक पढिएको


१७ कात्तिक/अर्थ र व्यापार– एनएमबि बैंकले चौबीसै घण्टा, सातै दिन कर्जा सुविधा उपलब्ध गराउने ‘एनएमबि सापटी’ प्रणालीको विकास गरेको छ ।

बैंकले आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप बिना डिजिटल रूपमै गर्न सकिने गरि प्रणालीको विकास गरेको हो ।

नेपालमै पहिलो पटक चौबीसै घण्टा, सातै दिन पूर्ण स्वचालित रूपमा प्रदान गरिने कर्जा सुविधा रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यो सेवा मोबाइलको प्रयोगबाट नै प्राप्त गर्न सकिन्छ ।  

एनएमबि सापटी ग्राहकको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपूर्तिका लागि प्रदान गरिने एक छोटो अवधिको धितो बिनाको व्यक्तिगत कर्जा रहेको बैंकले जनाएको छ । 

एनएमबिमा तलब खाता भएका तलबी कर्मचारीहरुलाई एक लाख रुपैयाँसम्म ’चौबीसै  घण्टा र सातै दिन’ तुरुन्त कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ । ग्राहकहरुले आफ्नो सहज र सुविधाको आधारमा कर्जा रकम र कर्जा चुक्ता अवधि छनोट गर्न सक्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले शून्य म्यानुअल हस्तक्षेपका साथ सम्पूर्ण कर्जाको शुरुदेखि अन्त्यसम्म ग्राहकहरूलाई कर्जा प्राप्त गर्न कुनै पनि समय, जुनसुकै स्थानबाट सजिलो मात्र नबनाई कागजविहीन कार्य वातावरणप्रति बैंकको प्रतिबद्धतालाई टेवा पु¥याउने बताए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।