logo

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक मर्जर हुने

    1483   पटक पढिएको

२ जेठ /अर्थ र व्यापार - एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक मर्ज हुने भएका छन् । प्राइम बैंकसँगको एक्विजिसन भाँडिएपछि ओम डेभलपमेन्ट बैंक एनएमबिसँग मर्जरमा जाने भएको हो । आज (बिहीबार) दिउँदो साढे ३ बजे मर्जरमा जाने सैद्दान्तिक समझदारीपत्रमा हस्ताक्षर हुँदैछ ।

काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा एनएमबिका अध्यक्ष पवनकुमार गोल्यान र ओमका अध्यक्ष शुशीलकुमार गोसलीले समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । ओमकातर्फबाट अध्यक्षसहित ५ जना सञ्चालक, सीइओ, डेपुटी सीइओ र एजिएम मर्जर सम्बन्धी सम्झौता हुने कार्यक्रममा सहभागी हुन काठमाडौं आइसकेका छन् ।

प्रिडिडिए अनुसार सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) ७० भन्दा माथि र ८० प्रतिशत भन्दा कम छ । तर, फुल डिडिए गरेपछि १० प्रतिशत थपघट गर्न सकिने सहमति छ । एनएमबिसँग मर्जरमा जाने सम्झौता भएसँगै ओम डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीबाट जोगिएको छ । यसले प्राइमलाई थप दबाब सिर्जना गरेको छ । यद्यपि प्राइमले पनि चाँडै अर्को संस्थासँग मर्जर वा एक्वायरमा जाने सम्झौता गर्ने तयारी गरिरहेको स्रोतले जानकारी दियो ।

एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ६५ करोड ११ लाख २६ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा गत वर्षको भन्दा १९.९३ प्रतिशतले बढेको छ । बैंकको वितरण योग्य नाफा ९७ करोड २१ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख ६३ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ४३ करोड ९९ लाख १ हजार रुपैयाँ रहेको छ । चैतसम्ममा बैंकले ९३ अर्ब ९६ करोड २६ लाख निक्षेप संकलन गरी ८७ अर्ब २ करोड ४५ लाख २४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ८९ पैसा रहेको बैैंकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २२ पैसा रहेको छ । यस्तै ओम डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा ३४ करोड ७३ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब १५ करोड १२ लाख १ हजार रुपैयाँ रहेको छ ।

२४ अर्ब ७९ करोड ८९ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैकले २२ अर्ब ४९ करोड ५१ लाख २१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले लगानीकर्ताहरुलाई १२.७० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको थियो । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४१ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७० पैसा रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।