logo

चार बैंकहरुले नेप्सेलाई स्पष्टिकरणको जवाफ पठाएपछि कारोबार सुरु , मिसन डेभलपमेन्ट बैंकको अझै शेयर कारोबार खुलेन

    1719   पटक पढिएको

८ पुस/ अर्थ र व्यापार  - नेपाल स्टक एक्सचेञ्जले बिहीबार बेलुका कारोबार रोकेको सनराइज बैंक, हिमालयन बैंक, मेगा बैंक, र सांग्रीला डेभलपमेन्ट बैंकको शेयर कारोबार आइतबार खुलेको छ । मिसन डेभलपमेन्ट बैंकको भने अझै शेयर कारोबार खुलेको छैन ।चार बैंकहरुले नेप्सेलाई स्पष्टिकरणको जवाफ पठाएपछि कारोबार खुलेको हो भने मिसन डेभलपमेन्ट बैंकले भने जवाफ नपठाउँदा बैंकको आइतबार शेयर कारोबार खुल्न सकेको छैन ।

नेप्सेले मागेको स्पष्टिकरण सन्तोषजनक नभएपनि शेयरधनीको हितलाई ख्याल गर्दै चार बैंकको शेयर कारोबार भने खुला गरेको हो ।उक्त कम्पनीहरुले धितोपत्र बजारमूल्यलाई प्रभाव पार्ने सूचनाहरु तत्काल निर्णय हुनासाथ उपलब्ध गराउनुपर्नेमा उक्त कम्पनीहरुले नियमको पालना नगरेका कारण शेयर कारोबार रोकिएको थियो । नेप्सेले कारोबार खुला गरेको चारवटै कम्पनीलाई अब उप्रान्त नियम, विनियम तथा प्रचलित कानूनी व्यवस्थामा तोकिएबमोजिम गर्न र यस्ता गल्ती नदोहोर्याउन सचेत गराइएको नेप्सेले जनाएको छ । सूचीकरण नियमावली तथा नेप्सेको परिपत्र विपरितका कामहरु गरेको भन्दै नेप्सेले ती बैंकहरुको शेयर कारोबार बिहीबार बेलुका रोक्का गर्ने निर्णय गरेको थियो ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ को दफा २२ को उपदफा १ को खण्ड ‘ङ’ मा गरिएको व्यवस्था अनुसार निर्णयका सूचनाहरु सञ्चालक समितिको बैठकको समय समेत उल्लेख गरी तोकिएको समयमा नेप्सेमार्फत सार्वजनिक गर्नु पर्ने हुन्छ । उक्त व्यवस्था विपरित सूचनाहरु उपलब्ध गराएको भन्दै नेप्सेले सुध्रिन दवाब दिन यस्तो निर्णय गरेको जनाएको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।