logo

राष्ट्र बैंकद्वारा नवीकरणीय उर्जा उत्पादन गर्ने आयोजनालाई विदेशी मुद्रामा ऋण प्रदान गर्ने व्यवस्था संशोधन

    1427   पटक पढिएको

२९ माघ /अर्थ र व्यापार - राष्ट्र बैंकले नवीकरणीय उर्जा (जलविद्युत, सौर्य र वायु उर्जा) उत्पादन तथा प्रशारणसँग सम्बन्धित आयोजनालाई परिवत्र्य विदेशी मुद्रामा ऋण प्रदान गर्ने व्यवस्थामा संशोधन गरेको छ । राष्ट्र बैंकले परिपत्र १९र२०७४ को बुँदा ५ को खण्ड ‘क’ र ‘ख’ लाई परिमार्जन गरी १०० किलोवाट देखि १००० किलोवाटसम्म विद्युत शक्ति उत्पादन गरी बिक्री गर्न निजी क्षेत्रका उद्योग तथा आफ्नै परियोजनाका लागि विद्युत उत्पादन गरी खपत गर्न आवश्यक शर्त पूरा गरी परिवत्र्य विदेशी मुद्रामा अल्प वा मध्यकालीन ऋण प्रदान गर्न सकिने जनाएको छ ।

यसका लागि सानो स्केलमा नवीकरणीय उर्जा उत्पादन गरी बिक्री वितरण गर्न वा कुनै उद्योगले आफ्नै प्रायोजनाका लागि नवीकरणीय उर्जा उत्पादन गर्न उक्त ऋण दिने सकिने जनाएको छ । यस्तो ऋण उत्पादन सम्बन्धी उपकरणहरुको आयात भुक्तानी गर्ने प्रायोजनका लागि मात्र उपयोग हुने राष्ट्र बैंकको भनाई छ ।

यस्तो ऋण उपलब्ध गराउँदा नवीकरणीय उर्जा उत्पादनका उपकरणहरु आयात गर्न खोलिएका प्रतितपत्रको आधारमा मात्र गर्नुपर्ने छ । यस्तो ऋणमा लाग्ने बयाजदर सम्बन्धित बैंकले तोक्न सक्ने व्यवस्था रहेको छ । तर आफ्नो उद्योगको आवश्यकता बाहेक नवीकरणीय उर्जा उत्पादन गरी बिक्री वितरण गर्ने साना स्केलका उद्योगहरुको हकमा भने यस्तो ऋण सुविधा प्रदान गर्दा राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्ने छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।